• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पालिकामा रहेका सबै घरको अभिलेख संकलन गर्दै कालिका नगरपालिका

२०८० भाद्र ९, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पालिकामा रहेका सबै घरको अभिलेख संकलन गर्दै कालिका नगरपालिका


Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

कालिका, भदौ ९ : कालिका नगरपालिकामा मोटामोटी कतिघर धुरी छन् ? कुन घर कस्ता छन ? नगरक्षेत्रका कति घरहरु मापदण्ड अनुसार बनेका छन ? यी सबैको तथ्यगत उत्तर नगरपालिकासँग छैन ।

नगरपालिका गठन भएपछि सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता २०७२ लागुभयो । कालिका नगरपालिकाले यसलाई कडाईका साथ कार्यान्वयन गर्न सकेन । नक्सापास बिना अझैपनि घर बन्ने क्रम जारी छ ।

यसैलाई मध्येनजर गर्दै नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थत गर्ने तयारी थालेको छ । कार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्को सातादेखि सबैखाले घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय भवन संहिता २०७२ लागु हुनुपूर्व र संहिता २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो ।

नगरपालिका गठन हुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशीका समेत तयार पारेको छ ।

नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरण गर्ने गरि निर्देशीका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरण गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शूल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनिले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो र कुलोमा परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादित जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिनेछैन ।

‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ’, नगर प्रमुख रेग्मीले भने, ‘जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ ।’ यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरण हुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरण गर्न लागिएको नगर प्रमुख विनोद रेग्मीको भनाई छ ।

घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ । तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए । ‘घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ’, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ ।’

नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकास तथा स्थानीय भू–उपयोग शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका थिए । बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती थियो ।

बाट थप

  • “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!“जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!
  • भरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरुभरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरु
  • चितवनमा सहायक प्रधानाध्यापक विद्यार्थीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउचितवनमा सहायक प्रधानाध्यापक विद्यार्थीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ
  • पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटनपुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑