रत्ननगर, साउन २८ । रत्ननगर-९ मा रहेको रत्न प्रिय क्लवको प्रथम वार्षिक
उत्सवको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” “स्वस्थ रहौं, समृद्ध बनौं” भन्ने मूल नाराका साथ रत्न प्रिय क्लवको आयोजना तथा रत्ननगर
नगरपालिका वडा नं. ९ को सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ७९ जनाले रक्तदान गरेको कल्वका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । राना मगरका अनुसार ७४ पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए ।
चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवनमा मात्रै नभईकन देशैभर रगत अभाव भईरहेको अवस्थामा रक्तदान
कार्यक्रम गर्नु प्रशंसनिय भएको बताए ।
उनले भने, ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ । रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।’
पूर्वी चितवन लागु औषधको हव बनिरहेको अवस्थामा रत्न प्रिय क्लबले लागु औषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुद लगाएत सामाजिक
क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको बताए ।
रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा
आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सधै सहयोग गर्ने बताएका थिए ।
बालुवाटार विपत व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र
आचार्य लगाएतको उपस्थिति थियो ।
क्लवका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजकविसाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस