बैतडी, १६ साउन । बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो।
संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभिया समेत थालिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस