• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउने बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै

२०८१ बैशाख ६, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउने बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

गलेश्वर– हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

उनका अनुसार आव २०७८-७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।

आव २०७९-८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उहाँहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

प्रहरी अभिलेखअनुसार उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।

प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए। उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् ।

उनीहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।

गत चैतमा मात्र छ जना तीर्थयात्रु-पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्यांकले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ ।

दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।

मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।@khabarhub

बाट थप

  • ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्नेट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
  • अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमतअमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यासविराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑