चितवन, कांग्रेसका नेता कैलाश कोइराला उपन्यासकारको रुपमा उदाएका छन् । युवा राजनीतिज्ञ कैलाश कोईरालाद्धारा लिखित उपन्यास राजव्यूहको एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । आमा पार्वती कोइरालासहित कांग्रेस नेता ईन्द्र बानियाँ, मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्साल, प्रदेश सांसद उत्तम जोशी, डाक्टर भोजराज अधिकारी, अग्रज कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, टेकबहादुर गुरुङ, विकास कोइराला र समालोचक उदय अधिकारीले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।
। नेपालको राजनीतिमा हुने गरेको चलखेल, अहिलेको समाज र प्रेमको बिषयमा आधारित भएर उपन्यास लेखिएको छ । बैचारिक प्रष्टता र राजनैतिक ओझ सहित आएको यस कृतिले नेपाली समाजको पछिल्लो समयलाई यथार्थ चित्र गरेको पाईछ ।
विद्यार्थी जीवनदेखि कांग्रेस राजनीतिमा उदाएका कोइराला लेखकका रूपमा प्रस्तुत भएका छन् । राजव्यूहमा नेपाली राजनीतिमा हुने चलखेल, लेनदेन र प्रेमलाई कोइरालाले आख्यानीकरण गरेका छन् । कविता लेखनमा पनि विशेष रुचि राख्ने कोइराला एकैपटक उपन्यास लिएर बजारमा आएका छन् । आफ्नी श्रीमती आरती कोइराला प्रकाशक रहेको यो उपन्यास कोइरालाको पहिलो कृति हो ।
कार्यक्रममा नेपालली काङ्ग्रेसका प्रदेश सभापति वानियाले राजनीतिको भ्रम र झुटको विचमा यथार्थ र सत्यमा जोड्ने प्रयास गरेको बताउनुभयो । मुलुकको राजनीति कुन चक्रव्यूहमा जाँदैछ भन्ने यस पुस्तकबाट पाईने उहाँले बताउनुभयो । लेखकले यहाँ दिएको पात्रले देशको राजनैतिक अबस्था, समाजको अबस्था र प्रेमको कुरलाई यथार्थ रुपमा प्रस्तुत गरेको उहाँको भनार्य छ । राजनीति संगै सहित्यलाई लान सके समाज परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले कोइरालाको कृतिले समाज परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
२४ वटा च्याप्टरमाा लेखिएको सो उपन्यासले समाझालाई झस्काउने काम गरेको समिक्षक उदय अधिकारीले वताउनुभयो । उहाँले पछिल्लो समय राजनीति गरेर हिड्नेको अबस्था के छ र कसरी घर चलिरहेको छ भन्ने कुरा यस कृतिले स्पष्ट पारेको बताउनुभयो । राजनीतिज्ञहरु पहिले देखिनै साहित्यमा लाग्ने गरेको बताउँदै उहाँले साहित्य मार्फत समाज रुपान्तरणमा सहज हुने बताउनुभयो ।
सामान्य व्यक्तिले समेत बुझ्न सक्ने कृति रहेकाले यसले राजनीति र समाज परिवर्तनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्ले राजनीति संगै साहित्यलाई अघि वढाउन कठिन हुने बताउँदै कोइरालाको आगमी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । राजनीतिमा देखिएको बेथिति हटाउन यो उपन्यास सहयोगी बन्ने उहाँको भनाई थियो । कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालले राजनीतिलाई सुधार गर्नका लागि यस्ता कृतिको आबश्यकता रहेको बताउनुभयो ।
उहाँले यस कृतिमा भएका पात्रको भूमिकाले उपन्यासलाई अझै प्रभावकारी बनाउन मद्धत गरेको बताउनुभयो । सो अबसरमा नेपाली काङ्ग्रेसका पूर्ब पार्टी सभापतिहरु बिकास कोईरलाला, लगाएतले कोईरालाको कृतिले समाजको बास्तविकतालाई चित्रण गरेको बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस