काठमाडौं, ३० जेठ । लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतयास् तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नियमित लसुन खानुका केही फाइदाहरूः
१. लसुनमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ। यसले मुटुलाई स्वस्थ राख्न र रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ।
२. लसुनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। क्यान्सरजस्ता गम्भीर रोगसँग लड्ने क्षमता पनि लसुनमा हुन्छ।
३. लसुनको प्रयोग दाँत दुखाईमा पनि उपयोगी मानिन्छ। काँचो लसुनलाई पिसेर दुखेको ठाउँमा लगाउँदा राहत मिल्छ।
४. लसुनको नियमित सेवनले रूघाखोकी र एलर्जी पनि कम गराउँछ।
५. यसले पेटको हानिकारक तत्व बाहिर निकाल्ने हुँदा पेटको लागि फाइदाजनक छ। लसुनको प्रयोगले आयुसमेत बढाउँछ।
६. भोक जगाउने र तौल बढाउन पनि मद्दत गर्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस