हेटौडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । आज उनले नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेका हुन् ।
आज नियुक्त हुनेहरुमा नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
चितवन बाट स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् । उनी युवा पुस्तामा लोकप्रिय नेतामा पर्छन् । जोशी प्रखर वक्ताको साथै निडर स्वभावका छन् । सांसदमा निर्वाचित भएलगत्तै जोशी अलपत्र परेका विकास निर्माणको निरन्तर अनुगमन, निरीक्षण गर्दै समयमै सम्पन्न गर्न दवाब दिँदै आइरहेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस