माडी, समृद्धिका लागि युवा अभियान माडीले निकुञ्जका जनावरहरुले मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर टाँस गरी धुलोरहित सडक निर्माणको दबाब दिने भएको छ ।
अभियानले शनिवार दिउँसो माडी क्याम्पसको सभाहलमा सञ्चालन गरेको सुझाव संकलन बैठकबाट सोमबार बिहान ७ बजे मोटरसाइकल याली निकाली व्यानर टाँसेर दबाब कार्यक्रम तय भएको हो ।
कार्यक्रमले माडीको बिकासका लागि माडीमा निर्माणाधीन बाटो र पुलहरूका ठेक्का प्राप्त गरेका ठेकेदार कम्पनीले आउँदो शनिवार सम्म आफ्नो काम सुचारू नगरेमा सम्वन्धीत ठेकेदार लाई नियमानुसार कारवाहीका गर्नका लागि हुलाकी राजमार्ग योजना लगायत सम्वन्धीत निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा माडीका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले माडीको विकासका सबै जना पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
आजको बैठकका महत्वपूर्ण निर्णयहरू
१, बैशाख १८ गते बिहान ७ बजे सबै जना आ-आफ्नो बाईक वा स्कुटरमा बसन्तपुर बजारमा जम्मा हुने त्यहाँ बाट र्याली बरूवा हुँदै बनकट्टाको गेटमा ब्यानर झुन्डाउने र राष्ट्रीय निकुञ्ज पारीको गेटमा अर्को ब्यानर झुन्डाउने र फर्कने
2 माडीमा निर्माणाधीन बाटो र पुलहरूका ठेक्का प्राप्तगरेका ठेकेदार कम्पनीले आउँदो शनिवार सम्म आफ्नो काम सुचारू नगरेमा सम्वन्धीत ठेकेदार लाई नियमानुसार कार्रवाई गर्न हुलाकी सडक लगायत सम्वन्धीत निकायलाई अनुरोध गर्ने।
3 माडी नगरपालिका भित्र रहेका सरकारी कार्यालयहरूमा नेपालको राष्ट्रिय झन्डा अनिवार्य गर्न नगरपालिका मार्फत सबै कार्यालयहरूलाई अनुरोध गर्ने समेत निर्णय भएको अभियन्ता लम्सालले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस