काठमाडौं, ११ औं पटक मन्त्री बनिसकेका शरदसिंह भण्डारीले १२ औं पटक मन्त्री नियुक्त भएका शरदसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियालीका छन् । उनी मन्त्रीको कुर्सीमा बसेको यो १२औं पटक हो ।
भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरिएको थियो । मन्त्री भण्डारी र उनकी पत्नीलाई आफन्तहरूले खादा र माला लगाएर अभिनन्दन गरे । त्यसक्रममा स्याम्पेन फोड्दै मन्त्री भण्डारीले स्याम्पेन फोडेर रमाइलो गरेका हुन् । समारोहमा उपस्थितहरुले स्याम्पेनको घुट्को समेत लिएका थिए ।
प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्मा लोसपाले एक सिट पाउँदा भण्डारी मन्त्री बनेका हुन् । यसअघि उनी ११ पटकसम्म विभिन्न दलबाट विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । उनको मन्त्री पदको यात्रा भने पञ्चायतकालबाटै सुरू भएको हो । पहिलोपटक उनी २०४४ सालको फागुनमा मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए ।
४६ सालमा बहुदल आएपछि केही भण्डारीले विभिन्न पार्टी बदल्दै लगातार चुनाव जितिरहेका छन् भने मन्त्री पनि बनिरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस