चितवन, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवनापुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्ती भन्ने स्थानमा बस दुर्घटना भएको छ । आज दिउँसो करिब ४ बजे चितवनबाट हेटौँडा आउँदै गरेको ना ७ ख १३२६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।
बस सडकबाट करिब २०-२५ फिट तल बारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर बताएको छ ।
चितवनबाट वीरगञ्जका लागि छुटेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस मनहरी–६, स्थित डिपार्टमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बसमा सवार १४ जना घाइते भएको जानकारी दिए ।
‘दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएका छन् । त्यसमध्ये ३ जनाको अवस्था गम्भीर छ,’ कार्कीले भने । घाइते सबैलाई उपचारका लागि चितवन पुर्याएको डिएसपी कार्कीले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस