फागुन, अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल भएको पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।
आज मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताएका छन । उनले भने ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ ।
कसले प्रतिस्पर्धा गरेको छ ?’ उनले प्रश्न गरे, ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’ उनले राजनीतिक दलहरुको नाममा राष्ट्रिय वा नेपाल भने पनि उनीहरु न राष्ट्रिय न नेपालको भएको बताए । उनले यो बेला मानवअधिकारको उल्लंघन सामान्य हुनसक्ने भन्दै उनले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन ।
‘मानवअधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्छ, भ्वाइलेसन असाधारण कुरा हो, यसलाई अन्त्य गरिनैपर्छ’ उनले भने । ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको पनि बताएका छन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस