फाल्गुन, आइतबार सैनिक महाविद्यालयले दोस्रो संस्करणको जिल्लास्तरीय अन्तर विद्यालय SAMC Spell Bee सम्पन्न गरेको छ । उक्त कार्यक्रम Preliminary, Quarter-final, Semi-final र Final गरी चार चरणमा सम्पन्न गरिएको थियो । प्रारम्भिक चरणबाट १३ वटा विद्यालय दोस्रो चरणका लागि छनौट हुन सफल भएका थिए भने ५ वटा विद्यालय अन्तिम चरणमा पुग्न सफल भएका थिए । निकै प्रतिष्पर्धात्मक रहेको उक्त प्रतियोगितामा एकता शिशु निकेतन रत्ननगर-१०, चितवनका छात्र स्विकार पौडेल प्रथम, ज्ञानसुधा इङ्गलिस स्कुल, खैरहनी-०८, चितवनका छात्र कुशल अधिकारी द्वितीय र नारायणी पब्लिक इङ्गलिस स्कुल, भरतपुर-११ की छात्रा सौरवि हमालले तृतीय स्थान हासिल गरेका थिए ।
आयोजक श्री सैनिक आवासीय महाविद्यालयको भने प्रतियोगितामा सहभागिता रहेको थिएन। शिक्षा विकास तथा समन्वय इकाई भरतपुर चितवनका प्रमुख श्री भूमिलाल सुवेदीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चितवन जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल २२ विद्यालयको सहभागिता रहेको थियो ।
महाविद्यालयका जी.टी. (अंग्रेजी) मिरा पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्री भूमिलाल सुबेदीज्यू र महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडेले सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । Spell Bee का विजेता, उपविजेता तथा सहभागी विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि, महाविद्यालयका प्रिन्सिपल र ब्यबस्थापकज्यूले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण जी.टी.ए (अंग्रेजी) निला अधिकारी वाग्लेले गर्नुभएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस