भरतपुर, नेपाल शिक्षक संघ चितवनको कार्यसमिति अध्यक्षमा इन्दिरा मरहठ्ठा (ढकाल), अर्थसचिवमा प्रकाश भट्टराई निर्वाचित भएका छन् ।
उपाध्यक्षमा महिलातर्फ राधाकुमारी चौधरी र भविश्वर गुरूङ निर्वाचित भएका छन् भने सचिवमा नारायण पौडेल ।
सहसचिवतर्फ अच्युतप्रसाद लामिछाने, सहसचिव महिलामा तारा पौडेल आचार्य, सहसचिव अर्थमा एण्डिला रिजाल, सहसचिव समावेशीमा राजकुमार गुरूङ र रामचन्द्र महतो निर्वाचित भएका छन् ।
सदस्यहरुमा ठाकुरप्रसाद लामिछाने, अनिष घिमिरे, बलराम घिमिरे, राजेन्द्र ढकाल, सदस्य महिलातर्फ इन्दिरा घिमिरे र सीताकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।
संघीय महाधिवेशन प्रतिनिधिहरुमा प्रेमराज पौडेल, आनन्दराज सापकोटा, शिवहरि अधिकारी, रुद्रप्रसाद सुवेदी, रमेश खनाल, सूर्यभक्त वाग्ले, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सीता शर्मा ढकाल, मैयादेवी अम्गाईं के.सी., शारदा खनाल निर्वाचित भएका छन् ।
बागमती प्रदेश प्रतिनिधिमा कमल गुरूङ, अर्जुनप्रसाद अर्याल, रवीन्द्र देवकोटा, शरदचन्द्र आचार्य, कुलानन्द भुसाल, दिलीप खनिया, केदारमणि अर्याल, बागमती प्रदेश प्रतिनिधि महिलातर्फ गंगा पौडेल, गीता न्यौपाने र नर्मदा नेपाली चयन भएको निर्वाचन समितिले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस