
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले बिशेष सूचनाको आधारमा मिति २०७९/११/१३ गते ११:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भ.म.न.पा. वडा नं. १ स्थित सडक खण्डमा पुलचोक तर्फबाट आँपटारी तर्फ जाँदै गरेको ना २८ प २७०८ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा चालक जिल्ला पर्सा निर्मलवस्ती घर भई हाल जिल्ला चितवन कालिका न.पा. वडा नं. १ मा डेरा गरि बस्ने बर्ष २९ को बिकाश स्याङतान र सोहि मो.सा. मा सवार जिल्ला चितवन कालिका न.पा. वडा नं. १ बस्ने बर्ष २७ को बिकाश बिकाश गुरुङले लुकाई छिपाई ल्याएको लागु औषध डाईजेपाम ९५ एम्पुल, ब्युनोर्फिन ९५ एम्पुल र फेनार्गन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागु औषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ।
साथै मिति २०७९/११/१३ गते १५:०० बजेको समयमा जिल्ला चितवन भ.म.न.पा. वडा नं. १ पोखरा बसपार्क टोल स्थित कोठामा जिल्ला चितवन भ.म.न.पा. वडा नं. २६ बस्ने बर्ष २८ को ओम बहादुर बस्यौला र ऐ.ऐ. बस्ने बर्ष २७ को अजय बि.क.ले लुकाई छिपाई राखेको लागु औषध डाईजेपाम १०० एम्पुल, नुफिन १०० एम्पुल र फेनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस