• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० जेष्ठ २५, बिहिबार | Thu, 08, Jun, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

२०७९ फागुन ११, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस


हेल्लो चितवन अन्लाईन्
(३ महिना अघि)

काठमाडौँ, फागुन ११ गते । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चरणमा संसद्का मुख्य दलहरूसँग छलफल भइरहेको छ । आज (बुधबार) चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताउनुभयो ।
पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ । राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ ।

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान दिइरहेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको बताए ।

उनले उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भए पनि निष्कर्ष आइनसकेको बताए ।

एमाले नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भएको बताए । माओवादी केन्द्रलाई राष्ट्रपति निर्वाचनमा सहयोग मागेको कांग्रेसले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतासँग छलफल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापासहित केन्द्रीय नेताहरू सहभागी थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल र नेता घनश्याम भुसाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी थिए।

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनको सन्दर्भमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग संवादमार्फत अघि बढ्ने निर्णय गरेको हो । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

बाट थप

  • समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।
  • भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्रीभारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री
  • एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशनएसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन
  • भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    लम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्यु

    लम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्यु

    नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

    नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    चितवनमा बर्षकै उच्च तापक्रम , गर्मि अझै बढ्न सक्ने विज्ञको भनाइ

    चितवनमा बर्षकै उच्च तापक्रम , गर्मि अझै बढ्न सक्ने विज्ञको भनाइ

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँ

    सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँ

    नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

    नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

    २१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्यनरत विद्यार्थीले गरे आत्महत्या

    २१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्यनरत विद्यार्थीले गरे आत्महत्या

    चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !

    चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !

    गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन

    गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन

    आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यतीसम्म निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् !

    आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यतीसम्म निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् !

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवन सहित मध्य तराइका जिल्लामा चल्यो तातो हावा ‘लु’

    चितवन सहित मध्य तराइका जिल्लामा चल्यो तातो हावा ‘लु’

    रुपन्देहीमा कार दुर्घटना हुँदा एक जना महिला गम्भीर घाइते

    रुपन्देहीमा कार दुर्घटना हुँदा एक जना महिला गम्भीर घाइते

    समाचार
    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

    बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑