भरतपुर, चितवन सम्वृद्धिका लागि युवा अभियान माडीले रामचन्द्र लम्साल को अगुवाई मा उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई ज्ञापन पत्र बुझाएको छ ।
अभियानले उपप्रधानमन्त्री श्रेष्ठलाई भरतपुर माडी हुलाकी सडकखण्ड अन्तरगत चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो मानव र बन्यजन्तुमैत्री रहनेगरी कालोपत्रेका लागि निर्णायक पहल गरिदिन ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा निकुञ्ज भित्रको सडक कालोपत्रे गर्न तथा रिउ करिडोर निर्माणलाई जोड दिँदै सो क्षेत्रको अवलोकनका लागि अनुरोध समेत गरिएको छ ।
सडक अनुगमन लगायतका विभागीय मन्त्रालयको काममा चितवन आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अभियानका अगुवाहरु रामचन्द्र लम्साल, बिपीन पाठक, रामबन्धु पोखरेल लगायतले भरतपुर महानगरपालिका एक कार्यक्रमबिच ज्ञापन पत्र बुझाउनुभएको हो ।
यसअघि अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सोही व्यहोराको ज्ञापनपत्र बुझाएको थियो भने माडी क्षेत्रमा निर्माण अधुरो छाडेका ठेकदारहरु हराएको व्यहोराको व्यानर टाँस पनि गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस