
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरीक्षक सन्तोष कुमार खड्कालाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । ईलाका प्रहरी कार्यालय माडीमा कार्यरत खड्कालाई कार्तिक महिनाका लागि ‘वेस्ट पुलिस अफ द मन्थ’ बाट पुरस्कृत गरिएको हो । इलाका प्रहरी कार्यालय माडीमा कार्यरत खड्काले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्दै अभियुक्तलाई कानुन बमोजिम सजाय दिलाउने कार्य गरेको जिप्रका चितवनले बताएको छ ।
गत कार्तिक महिनामा शितलपुर ४ घोसरीमा खुनडाँकाका फरार प्रतिवादीलाई पक्राउ तथा सोही घटनामा लुटपाट गरेको पहेंलो सुन जस्तो देखिने धातुको रिङ ठूलो सानो गरी एक जोर बरामद गरी कानुन बमोजिम कारबाही गर्न सफल भएको साथै अनुशासित तवरले सुम्पिएको जिम्मेवारी पूरा गरेकाले चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को प्रमाणपत्र पनि दिएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस