फुकुओका, जापानको फुकुओका शहरमा रहेको एउटा जापानी भाषा विद्यालयको सम्बन्धन रद्द गरिएको छ ।
जापानको फुकुओका सहरमा रहेको निसिनिहोन इन्टरनेसनल एजुकेसन एकेडेमी जापानी भाषा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई साङ्लाले बाँधेर गैरकानुनी काम गरेको भन्दै सरकारले उक्त विद्यालयको सम्बधन रद्द गरेको एनएचकेले जनाएको छ।
यसबारे जापानको सरकारी सञ्चार माध्यम एनएचकेले एक समाचारमा भनेको छ । कारवाहीमा परेको विद्यालय नगरको मिनामी वडास्थित निशिनिहोर इन्टरनेशनल एजुकेशन एकेडेमी भएको बताइएको छ । अध्यागमन सेवा एजेन्सीका अनुसार गत वर्ष अक्टोबरमा सो विद्यालयमा कर्मचारीको रुपमा काम गर्ने एक व्यक्तिले २० वर्षका भियतनामीलाई आफ्नो बेल्ट र धातुको साङ्लोले बाँधेर केही घन्टासम्म थुनेर राखेका थिए ।
सो घटना भएको भोलिपल्टबाट अन्य कर्मचारीहरुले पनि त्यस्तै खालको व्यवहार दोहोर्याएको पूष्टि भएको छ । ती विद्यार्थी र विद्यालयबीच विद्यालय स्थानान्तरणको विषयमा विवाद भएको बताइएको छ । आफूमाथि लागेको आरोप विद्यालयले स्वीकार पनि गरेको छ । मानव अधिकां उल्लंघनको काम ती कर्मचारीले स्वविवेकमा गरेको र विद्यालयको निर्देशन बिनै गरेको भएपनि यसले जापानमा अध्ययनरत् विदेशी विद्यार्थीको मानव अधिकार गम्भीर रुपमा हनन भएको ठहर गरेर विभागले सो विद्यालयको सम्बन्धन खारेज गरेको छ ।
प्राप्त जानकारीअनुसार विद्यालय बन्द गर्ने निर्णयले सो विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने जनाइएको छ। यसैबीच टोकियोस्थित नेपाली दूतवाससले सो विद्यालयको समाचार सुनेको र विद्यार्थीबारे आवश्यक कदम चालिने जनाएको छ। सम्बन्धित विद्यालयले भने यस विषयमा कुनै जानकारी दिएको छैन।
सन् २०१६ मा जापानमा विद्यालयहरुको सम्बन्धन खारेज गर्न सकिने मापदन्डहरु कार्यान्वयन भएयताको पहिलो घटना भएको बताइएको छ । कारवाहीमा परेको विद्यालयमा करीब ६०० विदेश विद्यार्थीहरु भएको बताइको छ । विद्यालयबाट ती विद्यार्थीलाई हालका लागि अन्य भाषा विद्यालयमा स्थानान्तरण गर्न अध्यागमन विभागले निर्देशन दिएको छ । स्रोतका अनुसार केही महिनापछि अन्य भाषा विद्यालयमा विद्यार्थीलाई सार्न समय दिन सकिने बताइए पनि विद्यालयले के कस्तो निर्णय गर्छ र अप्ठ्यारोमा परेका विद्यार्थीका लागि कसरी सहज वातावरण बनाउँछ, त्यो महत्त्वपूर्ण हुने बताइएको छ। @ एनएचके
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस