चितवन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लागी भनेर छुट्यायको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेपाली कांग्रेसका पार्टी बाट आकांक्षी हरुको लर्को लागेको छ। चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न को लागि भनेर दुई २ केन्द्रीय सदस्य सहित जम्मा पाच जनाले नाम टिपाएका छन् । नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद पुर्व सांसद रामकृष्ण घिमिरे, तारानाथ पौडेल, रामप्रसाद अधिकारी विजयराज शर्मा भूषाल र भरतप्रसाद सापकोटाले नाम दर्ता गराएका छन् ।
समानुपातिक तर्फ १६ जनाले नाम दर्ता गराएका छन् । केन्द्रीय सदस्य सरिता केसी, टेकप्रसाद गुरुङ, केदारनाथ कोइराला, बृद्धि बहादुर गुरुङ, बीर बहादुर लोहनी, उमेशचन्द्र पौडेल, शम्भु भण्डारी, अञ्जली श्रेष्ठ, चन्द्रध्वज गुरुङ, तोपमानसिंह गुरुङ, शिवनारायण गुरुङ, बिष्णुमायाँ परियार, काशिराम अधिकारी र गणेश पौडेल, लक्ष्मी कान्त दवाडी, शारदा गुरुङले नाम दर्ता गराएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस