
चितवन, माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ८ गते बुधबार माडी आउनुहुने भएको छ ।
बुधबार बिहान ८ बजे प्रचण्डले बनकट्टा पुलनजिक ८ करोड रुपैंया बजेटको सडक कालोपत्रे र नाला निर्माणका विभिन्न योजनाहरुको सांकेतिक शिलान्यास गर्नुहुने नेकपा (माओवादी केन्द्र)का माडी नगर सचिव नेत्र काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी बिहान ९ बजे, २५ करोड रुपैंया बजेटको १२ किलोमिटर लामो कालोपत्रे सडक र ८ वटा कल्भर्ट निर्माण योजनाहरु भैरवपुर सडक (बरूवा)मा सामुहिक शिलान्यासको कार्यक्रम रहेको काफ्लेले जनाउनुभयो ।
त्यसपश्चात बिहान १० बजे माडी-६, बसन्तपुरमा रौतनी पुलको समुद्घाटन गरी बिहान ११ः३० बजे २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगुई र चितई खोला तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यास माडी-९, कृष्णनगरस्थित टम्टा खोलामा हुने जनाइएको छ ।
रौतनी पुल उद्घाटन तथा सडक, पुल र तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यासका लागि माडी आउँदा प्रचण्डले पाँच दलिय गठबन्धनका नेताहरुसंग भेटघाट र अगुवा कार्यकर्ता प्रशिक्षण समेत गर्नुहुने भएको छ ।
बुधबार बिहान ८ बजे माडी आइपुग्नुहुने प्रचण्डले दिउँसो १ बजे ५ दलीय गठबन्धनका माडी नगरस्तरीय नेताहरुसंग होटल प्याराडाइजमा सामुहिक भेटघाट गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्र माडी नगरले जनाएको हो ।
त्यसपश्चात, दिउँसो २ बजे माओवादी केन्द्र र सो पार्टी सम्बद्ध जनवर्गिय संगठनका अगुवा कार्यकर्ताहरुलाई प्रचण्डले समसामयिक राजनैतिक प्रशिक्षण गर्नुहुने नेकपा ण्माओवादी केन्द्र) का माडी नगर कमिटी ले जनायको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस