-विनोद अधिकारी
चितवन,१ भदौ । रोटरी क्लब अफ नारायणी मिडटाउनले ५ जना विपन्न अपाङ्गता भएका हरुलाइ व्हिलचेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर तथा अंपगता भएकाहरुको दैनिक जीवन यापन सहज होस भन्ने उद्देश्यले व्हिलचियर वितरण गरिएको हो ।
सबै किसिमका अवरोध र मिथ्यालाइ तोड्दै अपाङ्गता भएका व्यक्तिहरूलाई मुलधारमा ल्याउन ढिलो भएको बताउदै समाजमा उहाहरुलाई पनि साङ्ग सरह नै व्यवहार हुनुपर्ने बताउनुहुन्छ, क्लवकी अध्यक्ष स्वेता उपाध्याय। कार्यक्रम संयोजक एवम् क्लबका उपाध्यक्ष भुपेन्द्र श्रेष्ठका अनुसार यस भन्दा अघि पटिहानी, माडी लगायत विभिन्न क्षेत्रहरूमा आजसम्म १५ भन्दा बढी व्हिलचेयर वितरण गरिएको र अझै १० जना भन्दा बढिलाइ सहयोग गर्न बाकी रहेको छ ।
व्हिलचियर पाएकोमा खुसी व्यक्त गर्दै कालिका नगरपालिका १ का ४० वर्षिय अर्जुन गुप्ताले आफू ठिक भए पश्चात् व्हिलचेयर आफू भन्दा थप अशक्तलाइ प्रदान गर्ने र आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । आज सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका २ जना, कालिका नगरपालिकाका २ जना र रत्ननगर नगरपालिकाका १ जना गरि जम्मा ५ जनाललाई घर घरमा पुर्याइ व्हिलचियर वितरण गरिएको थियो ।
कार्यक्रममा क्लबका पुर्ब अध्यक्षहरु रोटरीयन डा.केशव भुर्तेल, रोटरीयन दिगम्वर पिया, रोटरीयन भद्रनारायण पिया, रोटरीयन छाया श्रेष्ठ, पुर्व अध्यक्ष तथा पुर्व एजि अनिल कुमार थपलिया, क्लवका सचिव दिपेश श्रेष्ठ, आरसी पिया, निनु श्रेष्ठ, मिनु श्रेष्ठ, इन्टरयाक्ट क्लव लिटल फ्लावर का फादर रोटरीयन रोबी एवम् क्लबका सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस