काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिस्टलसँग १–१ को बराबरी खेल्दै लिभरपुल लगातार दोस्रो हारबाट जोगिएको छ।
३२औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित लिभरपुलका लागि लुइस डियाजले ६१औँ मिनेटमा एक गोल फर्काएर बराबरीमा पुर्याएका थिए।
लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि लिभरपुल बराबरीमा रोकिएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस