नेकपा एमालको दार्चुला जिल्ला अध्यक्ष प्रमेसिंह धामीले ग्याङ पठाएर ६५ वर्षे बृद्धालाई मरणसन्न हुने गरे कुटाएका छन्।
स्थानीय तह सदस्यको निर्वाचनामा नौगाड गाउँपालिकामा चुनाव हारेपछि विरक्त बनेका एमाले अध्यक्ष धामीले आफुलाई चुनावमा हराउन भूमिका खेलेको भन्दै नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ६५ वर्षीय बृद्धा उजलसिंह ठगुन्नालाई यही असार २१ गते बिहान दश बजे तिर सात जना पठाएर कुटाएका हुन् ।
मरणासन्न हुने गरी कुटाई खाएका ती बृद्धा धनगढी र कोहलपुरमा उपचार संभव नभएपछि अहिले नर्भिक इन्टरनेसनल हस्पिटल काठमाडौँमा उपचार गराईरहेका छन् ।
प्रेमसिंह धामीले पठाएका स्थानीय एमालेका कार्यकर्ता अमरसिंह ठगुन्ना, लोक ठगुन्ना, विमल ठगुन्ना, निराजन धामी, सरोज धामी, सन्तोष धामी र रमेश धामीले ६५ वर्षे बृद्धालाई मरणसन्न हुने गरी कुटपिटपछि उल्टै ती बृद्धा विरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस