युरोप र जापानले संयुक्तरुपमा पठाएको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको पहिलो तस्बिर पठाएको छ ।
युरोपियन स्पेस एजेन्सी (ईएसए)का अनुसार बेपीकोलोम्बो मिसनले शुक्रबार ११ः३४ ग्रिनविच मिनटाइमअनुसार ग्रहमाथि गरिने ६ उडानमध्ये पहिलो उडान लिएको थियो । यानले ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर गतिलाई नियन्त्रण गरेको थियो ।
बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानमा जडान गरिएका क्यामराहरू मध्ये एकबाट यानले श्यामश्वेत तस्बिर लिएको थियो ।
स्पेस एजेन्सीले सो तस्बिरमा बुधको उत्तरी गोलार्द्ध देख्न सकिन्छ जसमा १०३ किलोमिटर लामो चौडाइ भएको लर्मोन्टोभ क्रेटर पनि प्रस्ट देख्न सकिन्छ । पहिलो उडान सफल भएको उक्त यानको अपरेन्स म्यानेजर एल्सा मोन्टाग्नोनले जानकारी दिइन् ।
ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको यो संयुक्त मिसन सन् २०१८ मा सुरु गरिएको थियो । मिसनले सन् २०२५ को अन्त्यसम्ममा दुईवटा प्रोब बुध ग्रहको कक्षमा पठाउने लक्ष्य लिएको छ । अलजजिराबाट
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस