भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।
एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस