• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

किन घट्यो अग्रिम टिकट लिने यात्रुको संख्या ?

September 30, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
किन घट्यो अग्रिम टिकट लिने यात्रुको संख्या ?
फाइल तस्बीर

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

काठमाडौँ । दसैँ–तिहारलगायत चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको संख्या न्यून रहेको छ। कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन्। कोभिड–१९ का कारण घर फर्किने यात्रुको संख्या कम भएको हुन सक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन,’ उनले भने। यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ।

यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन। विगत वर्षमा दसैँमा घर फर्किनेमध्ये विद्यार्थीको संख्या अत्यधिक हुन्थ्यो। यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको संख्या न्यून छ।

कतिपयले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए। उनले भने, ‘घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दै आएका छौँ।’

सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्वलाई लक्ष्य गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए।

थोरै संख्यामा यात्रुले अनलाइन टिकट काटेका छन्। पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ। यात्रुको सहजताका लागि उपत्यकाका नागढुंगा, कलंकी, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ।

‘ट्राफिक प्रहरी र यातायात विभागले संयुक्त रूपमा अनुगमन गरिरहेका छन्,’ भुसालले भने।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑