भरतपुर, चितवनमा मुद्दा मिलाइदिने आश्वासन दिँदै प्रहरीको नाममा समेत रकम माग गर्ने जिल्ला चितवन कालिका नगरपालिका वडा नं. ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देबकोटा पक्राउ परेका छन् ।
जिल्ला चितवन कालिका नगरपालिका वडा नं. ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देबकोटा आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ।
उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेको भन्ने सुचनाको आधारमा निज काननु व्यवसायी रामचन्द्र देबकोटालाई मिति २०७८/०६/१० गते नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा निजले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरि रकम माग गरेको देखिएकोले निज रामचन्द्र देबकोटा बिरुद्ध ठगी उद्योगमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जनायको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस