चितवन, नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।
आज विहान सम्पन्न मत गणना अनुसार चित्रसेन अधिकारी १०३ मतले विजयी भएका हुन् । भरतपुर २१ का वडा अध्यक्ष समेत रहेका चित्रसेन अधिकारी ले ६४९ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति समेत रहेका भरत अधिकारीले ५४६ मत प्राप्त गरे ।
यस्तै अन्य उम्मेद्वारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ र अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा बुद्धिकान्त न्यौपाने (६६१) र विजय घले (५५६) निर्वाचित भएका छन् । अन्य उम्मेदवारहरु किशोर गुरुङ ५५४, कृष्णप्रसाद रेग्मी २०५, केदारनाथ बराल ९५, गीताकुमारी शर्मा १४८, देवीप्रसाद लुईटेल ६६, शारदा कुमारी १७२ र सुरक्षा रेग्मीले २०७ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा प्रनिशा गुरुङ (५६४) र कृष्ण बगाले (४५६) निर्वाचित भएका छन् ।
यस्तै सह–सचिवमा उपेन्द्र पण्डित (५१३) र कल्पना पौडेल खड्का (४२०) विजयी भएका छन् ।
चितवनका पाँच पालिकाको नतिजासमेत आइसकेको छ । पराजित हुनेहरु निकै कम मतले पराजित भएका छन् । निर्वाचित हुनेहरुले असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजानुको विकल्प छैन । चितवनको सातै पालिकामा प्यानल नै बनाएर उमेदवार निर्वाचनमा होमिएका थिए । चितवनमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षबाट उमेदवार बनेका स्पष्ट देखिन्थ्यो । कांग्रेसको आन्तरिक पार्टीको निर्वाचनको तामझाम हेर्दा विपरीत पार्टीबीच हुने स्थानीय तह, प्रदेश अथवा संघीय संसद्को जस्तो देखिन्थ्यो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस