• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

September 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्दीलाई एक मतले पराजित गर्नुभएको हो । शनिबारै निर्वाचन सम्पन्न धुलिखेलमा विदुर बस्नेत नगर सभापतिमा अत्यधिक मतले विजयी हुनुभएको छ । पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

मण्डन देउपुर नगर सभापतिमा कश्यप पौडेल र नमोबुद्धमा कुन्साङ लामा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै तेमालमा ज्ञानबहादुर लामा, रोशीमा दुधराज लामा,भुम्लुमा दावा लामा र चौँरीदेउराली गाउँपालिका सभापतिमा शेरबहादुर लामा निर्वाचित हुनुभएको छ ।

यसैगरी बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्मा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । गाउँ/नगर अधिवेशनमा सभापति पदमा भने दोब्बर बढीको उम्मेदवारी परेको थियो । स्थगन भएको महाभारतको निर्वाचन आजै गर्ने विषयमा छलफल भइरहेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो ।

सात तहको निर्विरोध र पाँच तहमा मतदान भएको हो । निर्वाचनले कांगे्रसको गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवलगायत कार्यसमिति चयन गरेको हो । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुने प्रावधान छ भने वडागत सदस्य सङ्ख्याका अनुपातमा कार्यसमिति सदस्य चयन भएको उहाँले बताउनुभयो । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

चार पालिकामा सर्वसम्मत नेतृत्व

झापा– झापाका चार पालिकामा सभापति पदमा निर्विरोध चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो ।

पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताउनुभयो ।

यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको उहाँले बताउनुभयो । बाँकी पालिकामा भने आज निर्वाचन हुने कार्यक्रम छ ।

नौ वटाको नतिजा आयो, दुई बाँकी

वालिङ– स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ ।

स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा बिक्रम सारु नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।

बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा सहमति जुटाउनका लागि गरिएको प्रयास सफल नभएपछि आज बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा हुनुहुन्छ । कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ ।

तनहुँका आठ पालिकामा नेतृत्व चयन

दमौली– जिल्लाको आठ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनअन्तर्गत जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । दुई पालिकामा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगन भएको छ ।

व्यास, भानु, शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी, बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो भने त्यसमध्ये शुक्लागण्डकी नगरपालिका, देवघाट र घिरिङ गाउँपालिकाको सभापति भने सर्वसम्मत चयन भएका हुन् ।

व्यासमा सूर्यचन्द्र हड्खले, भानु नगरापलिकामा रामकुमार श्रेष्ठ तथा बन्दीपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्थ निर्वाचित हुनुभएको छ । यसैगरी देवघाटमा तिलबहादुर थापा, घिरिङ गाउँपालिकामा यामबहादुर थापा शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

  • ##नेपाली कांग्रेस

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑