• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

२०७८ आश्विन १०, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्दीलाई एक मतले पराजित गर्नुभएको हो । शनिबारै निर्वाचन सम्पन्न धुलिखेलमा विदुर बस्नेत नगर सभापतिमा अत्यधिक मतले विजयी हुनुभएको छ । पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

मण्डन देउपुर नगर सभापतिमा कश्यप पौडेल र नमोबुद्धमा कुन्साङ लामा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै तेमालमा ज्ञानबहादुर लामा, रोशीमा दुधराज लामा,भुम्लुमा दावा लामा र चौँरीदेउराली गाउँपालिका सभापतिमा शेरबहादुर लामा निर्वाचित हुनुभएको छ ।

यसैगरी बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्मा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । गाउँ/नगर अधिवेशनमा सभापति पदमा भने दोब्बर बढीको उम्मेदवारी परेको थियो । स्थगन भएको महाभारतको निर्वाचन आजै गर्ने विषयमा छलफल भइरहेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो ।

सात तहको निर्विरोध र पाँच तहमा मतदान भएको हो । निर्वाचनले कांगे्रसको गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवलगायत कार्यसमिति चयन गरेको हो । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुने प्रावधान छ भने वडागत सदस्य सङ्ख्याका अनुपातमा कार्यसमिति सदस्य चयन भएको उहाँले बताउनुभयो । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

चार पालिकामा सर्वसम्मत नेतृत्व

झापा– झापाका चार पालिकामा सभापति पदमा निर्विरोध चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो ।

पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताउनुभयो ।

यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको उहाँले बताउनुभयो । बाँकी पालिकामा भने आज निर्वाचन हुने कार्यक्रम छ ।

नौ वटाको नतिजा आयो, दुई बाँकी

वालिङ– स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ ।

स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा बिक्रम सारु नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।

बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा सहमति जुटाउनका लागि गरिएको प्रयास सफल नभएपछि आज बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा हुनुहुन्छ । कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ ।

तनहुँका आठ पालिकामा नेतृत्व चयन

दमौली– जिल्लाको आठ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनअन्तर्गत जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । दुई पालिकामा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगन भएको छ ।

व्यास, भानु, शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी, बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो भने त्यसमध्ये शुक्लागण्डकी नगरपालिका, देवघाट र घिरिङ गाउँपालिकाको सभापति भने सर्वसम्मत चयन भएका हुन् ।

व्यासमा सूर्यचन्द्र हड्खले, भानु नगरापलिकामा रामकुमार श्रेष्ठ तथा बन्दीपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्थ निर्वाचित हुनुभएको छ । यसैगरी देवघाटमा तिलबहादुर थापा, घिरिङ गाउँपालिकामा यामबहादुर थापा शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

  • ##नेपाली कांग्रेस

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑