• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

म्याग्दीका पुरातात्विक सम्पदा ओझेलमा

September 25, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
म्याग्दीका पुरातात्विक सम्पदा ओझेलमा


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

म्याग्दीका ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । यहाँस्थित ३०० वर्षभन्दा पुराना देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका छवटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै र नासिँदै गएका स्थानीयवासीले बताएका छन् । बेनीबजारस्थित तीन वटा ३०० वर्षभन्दा पुराना प्राचीन सम्पदाकाबारेमा नयाँपुस्ता अनभिज्ञ रहेको स्थानीयवासी प्रकाश श्रेष्ठले बताउनुभयो । बेनीस्थित कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३०० वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन् । तर यी धरोधरको न उचित संरक्षण हुन सकेको छ, न त प्रचारप्रसार नै भएको छ ।

विसं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएको छ । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मूर्तिहरु छन् । बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको स्थानीयवासी बृद्ध अविरकुमार श्रेष्ठले बताउनुभयो । “बजार विस्तारसँगै घर निर्माण हुनेक्रम बढेपछि घरले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो, बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरका बारेमा अहिले धेरैजसो व्यक्ति अनभिज्ञ छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिँदै गएको हो । २०३४÷०३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका– ६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्वविहीन बनेको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३÷०६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिएपछि जलेश्वर शिवालयको मन्दिर पनि अस्तित्वविहीन बनेको छ ।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायतका स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदा नासिँदै गएका छन् । यस्ता प्राचीन सम्पदा नासिँदै गए पनि स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । प्राचिन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्विक महत्वका चिज हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताउनुभयो । यस्ता पुरातात्विक महत्वका ऐतिहासिक वस्तुको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षीय डिलबहादुर कार्कीले बताउनुभयो ।

वडादसैँ, चैतेदसैँ, कृष्णाजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । ती ठाउँमा रहेका ढुङ्गेधारा र कुवा पनि नासिँदै गएका स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि पहल सुरु गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

धार्मिक, साँस्कृतिक र पौराणिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेका जिल्लाका अनेकौं ऐतिहासिक सम्पदाको संरक्षणतर्फ कसैको ध्यान गएको देखिएको छैन् । जिल्लाका यस्ता पुरातात्विक, ऐतिहासिक र जीवनशैलीसँग जोडिएका यस्ता सम्पदाको सूचीकृत गरी यसको संरक्षण र प्रवद्र्धन गर्न सके समृद्ध स्थानीय तहका लागि बलियो आधार बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

  • ##म्याग्दी

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑