प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
उहाँले आज एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्दै सभापति देउवाले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गर्नुभएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ ।
पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस