चितवन । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताउनुभयो ।
“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उहाँले भन्नुभयो । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस