• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

September 24, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् ।

सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकासँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्थान व्यवस्था गरिदिन पटकपटक माग गर्दा सुनुवाइ नभएको सङ्घका अध्यक्ष कृष्णप्रसाद सञ्जेलले बताए । उनले भने, “यो बजारको विकास, विस्तार तथा संरक्षण गर्दा नगर क्षेत्रको माग र कालीमाटी तरकारी बजारको चापलाई समेत केही कम गर्न सकिन्थ्यो ।”

जिल्लाभित्र रहेका कृषि बजारको सार्वजनिक निजी अवधारणमा स्तरोन्नति गरी बजार विकासको सम्भाव्यता अध्ययनले देखाएका स्थानमा होलसेलका साथै मझौला बजारको स्थापना गर्न आफूहरुले बेलाबेलामा महानगरपालिकाको ढोकामा पुगेर मौखिक र लिखित रुपमा अनुरोध गर्दासमेत कसैले चासो नदिएको उनको भनाइ छ । “विसं २०५८ मा स्थापित बजारमा जस्ताको छानो जीर्ण भई पानी चुहिने अवस्थामा पुग्दासमेत महानगरपालिकाले यसको विकास र विस्तारका लागि चासो दिएको छैन”, उनले भने, “कोरोना महामारीमा शिथिल भएका व्यापारीलाई महानगरपालिकाले वार्षिकरुपमा २० प्रतिशतका दरले भाडा वृद्धि गरिरहेको र केही समयका लागि भाका मागेर पत्राचारसमेत गर्दा त्यसको सम्बोधन हुन सकेको छैन् ।”

सङ्घले २५ देखि ३० स्क्वाएर फिटको प्रतिस्टल मासिक रु नौ हजार २८८ का दरले भाडा लिदैं आएको छ । सो बजारमा ८२ वटा स्टल रहेका छन् । ती सबैको मासिक भाडा रु सात लाख ६१ हजार ६१६ गरी वार्षिक कुल रु ९१ लाख ३९ हजार ३९२ सङ्कलन गरेर महानगरको खातामा नियमित बुझाउने गरेको सञ्जेलले जानकारी गराए । सो बजार सार्वजनिक निजी अवधारणामा स्तरोन्नति गर्ने भनी आशयपत्र माग गरेकामा रकम खर्च गरी नाप अनि नक्सा र डिजाइनसहितको पत्र पेश गर्दासमेत महानगरपालिकाले कुनै चासो नदिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिने उपाध्यक्ष शिव शाहीले बताए ।

उनले भने, “कृषि पूर्वाधार विकासका लागि केन्द्रसँग पर्याप्त बजेट भएको जानकारी आएकाले सार्वजनिक निजी अवधारणमा लगनखेल र धापागाल बजार विकास गर्न महानगरले केन्द्रसँग तत्कालै सम्झौता गर्नुपर्छ ।” कोभिडका कारण पूर्णसमय बजार खोल्न नपाएको अनि सो समयमा तरकारी तथा फलफूल कुहिएर जानुका साथै कतिपय व्यवसायी घर फर्केका र पसल नै बन्द गर्नुपर्दा चालू आवको साउनदेखिको भाडा वृद्धि नगरियोस् भन्ने सम्पूर्ण व्यवसायीका मागसमेत रहेको शाहीले जानकारी गराए ।

कोभिडले मुलुक भर्खरै पुरानो लयमा फर्कदै गर्दा लामो समय पसल बन्द भएर भाडा तिर्न नसकेकाले केही सहजता होस् भन्ने आफूहरुको इच्छा रहेको लगनखेलका फलफूल तथा जुस व्यापारी नवराज नगरकोटीको माग छ । सानो बजार, त्यसभित्र ग्राहकदेखि व्यवासयाीसम्म दैनिक हजाराैंको चहलपहल हुने हुँदा चोरीको घटनासमेत हुने गरेको व्यापारीका गुनासो छ ।

यो वर्षको नगरसभामार्फत चिस्यान केन्द्र निर्माणसहितको बजार व्यवस्थित बनाउन अध्ययन थालिने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “अन्यत्र ठाउँमा बजार सार्न सम्भव नभएकाले पुरानै ठाउँलाई व्यवस्थित बनाउँदै जानेछौँ ।” महानगरभित्र व्यवसाय गरी बसेका जो कोही व्यापारीलाई तीन महिनाको भाडा छुट दिने कुरामा छलफल भइरहेको प्रमुख महर्जनको भनाइ छ ।

  • ##Electrical

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑