• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ श्रावण १, बुधबार | Wed, 16, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् ।

सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकासँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्थान व्यवस्था गरिदिन पटकपटक माग गर्दा सुनुवाइ नभएको सङ्घका अध्यक्ष कृष्णप्रसाद सञ्जेलले बताए । उनले भने, “यो बजारको विकास, विस्तार तथा संरक्षण गर्दा नगर क्षेत्रको माग र कालीमाटी तरकारी बजारको चापलाई समेत केही कम गर्न सकिन्थ्यो ।”

जिल्लाभित्र रहेका कृषि बजारको सार्वजनिक निजी अवधारणमा स्तरोन्नति गरी बजार विकासको सम्भाव्यता अध्ययनले देखाएका स्थानमा होलसेलका साथै मझौला बजारको स्थापना गर्न आफूहरुले बेलाबेलामा महानगरपालिकाको ढोकामा पुगेर मौखिक र लिखित रुपमा अनुरोध गर्दासमेत कसैले चासो नदिएको उनको भनाइ छ । “विसं २०५८ मा स्थापित बजारमा जस्ताको छानो जीर्ण भई पानी चुहिने अवस्थामा पुग्दासमेत महानगरपालिकाले यसको विकास र विस्तारका लागि चासो दिएको छैन”, उनले भने, “कोरोना महामारीमा शिथिल भएका व्यापारीलाई महानगरपालिकाले वार्षिकरुपमा २० प्रतिशतका दरले भाडा वृद्धि गरिरहेको र केही समयका लागि भाका मागेर पत्राचारसमेत गर्दा त्यसको सम्बोधन हुन सकेको छैन् ।”

सङ्घले २५ देखि ३० स्क्वाएर फिटको प्रतिस्टल मासिक रु नौ हजार २८८ का दरले भाडा लिदैं आएको छ । सो बजारमा ८२ वटा स्टल रहेका छन् । ती सबैको मासिक भाडा रु सात लाख ६१ हजार ६१६ गरी वार्षिक कुल रु ९१ लाख ३९ हजार ३९२ सङ्कलन गरेर महानगरको खातामा नियमित बुझाउने गरेको सञ्जेलले जानकारी गराए । सो बजार सार्वजनिक निजी अवधारणामा स्तरोन्नति गर्ने भनी आशयपत्र माग गरेकामा रकम खर्च गरी नाप अनि नक्सा र डिजाइनसहितको पत्र पेश गर्दासमेत महानगरपालिकाले कुनै चासो नदिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिने उपाध्यक्ष शिव शाहीले बताए ।

उनले भने, “कृषि पूर्वाधार विकासका लागि केन्द्रसँग पर्याप्त बजेट भएको जानकारी आएकाले सार्वजनिक निजी अवधारणमा लगनखेल र धापागाल बजार विकास गर्न महानगरले केन्द्रसँग तत्कालै सम्झौता गर्नुपर्छ ।” कोभिडका कारण पूर्णसमय बजार खोल्न नपाएको अनि सो समयमा तरकारी तथा फलफूल कुहिएर जानुका साथै कतिपय व्यवसायी घर फर्केका र पसल नै बन्द गर्नुपर्दा चालू आवको साउनदेखिको भाडा वृद्धि नगरियोस् भन्ने सम्पूर्ण व्यवसायीका मागसमेत रहेको शाहीले जानकारी गराए ।

कोभिडले मुलुक भर्खरै पुरानो लयमा फर्कदै गर्दा लामो समय पसल बन्द भएर भाडा तिर्न नसकेकाले केही सहजता होस् भन्ने आफूहरुको इच्छा रहेको लगनखेलका फलफूल तथा जुस व्यापारी नवराज नगरकोटीको माग छ । सानो बजार, त्यसभित्र ग्राहकदेखि व्यवासयाीसम्म दैनिक हजाराैंको चहलपहल हुने हुँदा चोरीको घटनासमेत हुने गरेको व्यापारीका गुनासो छ ।

यो वर्षको नगरसभामार्फत चिस्यान केन्द्र निर्माणसहितको बजार व्यवस्थित बनाउन अध्ययन थालिने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “अन्यत्र ठाउँमा बजार सार्न सम्भव नभएकाले पुरानै ठाउँलाई व्यवस्थित बनाउँदै जानेछौँ ।” महानगरभित्र व्यवसाय गरी बसेका जो कोही व्यापारीलाई तीन महिनाको भाडा छुट दिने कुरामा छलफल भइरहेको प्रमुख महर्जनको भनाइ छ ।

  • ##Electrical

बाट थप

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृतलुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत
  • नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबानेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा
  • गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामागौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
  • भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्युभरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    समाचार
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑