• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ९, बिहिबार | Thu, 22, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ। गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।

बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ। विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो।

उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ।

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करिब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो।

त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको छ।

ढालेको टावर निर्माणमा मात्रै करिब रु डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक रु १० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए।

बाढी र पहिराका कारण नोक्सान मात्रै रु पाँच करोडभन्दा बढी भएको उनले बताए। अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उनको भनाइ छ। आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करिब रु सात करोड भइसकेको उनले बताए।

सोही दिनको पहिराले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब दुई साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो।

टावर पुरानै अवस्थामा पुनःनिर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ। टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ।

“अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ”, कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने “मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ।”

सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो।

युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

  • ##जलविद्युत् आयोजना

बाट थप

  • ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचनाग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना
  • कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्साकजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
  • अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिनेअक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
  • पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमतिपाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

    ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

    पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

    वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

    वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

    हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

    हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

    जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्…

    जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्…

    जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

    जिउँदै आगो लगाउनेले अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा

    प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरि दिनुहोस’

    प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरि दिनुहोस’

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 

    बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 

    गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

    गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

    ट्रम्पले एक सय दिनका कार्याकालमा भेटेका यी हुन १७ बिदेशी नेता

    ट्रम्पले एक सय दिनका कार्याकालमा भेटेका यी हुन १७ बिदेशी नेता

    राजेन्द्र लिङदेन प्रति संसदमा कांग्रेस आक्रोशित

    राजेन्द्र लिङदेन प्रति संसदमा कांग्रेस आक्रोशित

    बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ

    बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ

    समाचार
    ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

    ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

    पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

    वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

    वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑