• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

September 23, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।

स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रु ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रु ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी रु ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकामा रु २२ करोड २७ लाख बेरुजु र रु १४ करोड २० लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।

सो नगरपालिकामा रु १७ लाख ८४ हजार असुल गर्नुपर्ने, रु तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा रु चार करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६-७७ मा बैठक भत्ताबापत रु ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लहान नगरपालिकामा रु १९ करोड ३६ लाख १५ हजार बेरुजु र रु सात करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट रु चार करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको रु छ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पु¥याउनुपर्ने तथा रु एक करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । धनगढीमाई नगरपालिकामा रु १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा रु चार करोड ४३ लाख ८० हजार पेश्की छ भने रु एक करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले रु चार करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा रु दुई करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विष्णुपुर गाउँपालिकामा रु १४ करोड ३४ लाख ५० हजार बेरुजु र रु एक करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा रु ६ करोड ३९ लाख ९९ हजार बेरुजु र रु एक करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रु चार करोड सात लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा रु ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र रु २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा रु दुई करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, रु एक करोड एक लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने, रु २८ लाख ७९ हजार नियमित गर्नपर्ने र रु ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा रु ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन । स्थानीय तहमा निर्वाचित भएदेखि जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढ्ेको लहानका नागरिक अगुवा राजेश गुप्ताले बताए । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उनको भनाइ छ ।

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हुँदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरीले बताए ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑