• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Mon, 15, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन

September 23, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन

रासस
(४ साल अघि)

चितवन, ७ असोज: निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण त्यहाँको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पु¥याएका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले राजधानी बाहिरका प्रदेशस्तरको अस्पतालको तुलनामा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताए । दैनिक २५० हाराहारी बिरामी स्वास्थ्य बीमाको रिफरका लागि आउने गरेकामा अहिले यो सङ्ख्या ६५० हाराहारी पुगेको छ । त्यसो त अहिले आउने बिरामी रिफरका लागि नभएर उपचारकै लागि आउने गरेका हुन् ।

पूर्वी क्षेत्रमा स्वास्थ्य बीमाको प्रथम बिन्दु सो अस्पताल भएकाले उपचार नपाए पनि रिफरका लागि त्यहाँ बिरामी जाने गरेकामा अहिले त्यही उपचार हुन थालेको उनले बताए । विसं २०२४ मा हेल्थपोष्टका रुपमा स्थापित उक्त अस्पताललाई स्वास्थ्य मन्त्रालयले विसं २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो । सङ्घीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय ५० शय्या स्वीकृत भएकामा ४३ शय्या सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा नै १०० शय्या पु¥याउने तयारी गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा बगालेको भनाइ छ ।

अस्पतालमा पाँच शय्याको डायलासिस सेन्टर छ । यसको व्यवस्थापन राष्ट्रिय मिर्गाैला केन्द्रले गर्दै आएको छ । यसैगरी स्वीजरल्याण्ड निवासी डा रुथको संयोजकत्वमा छालासम्बन्धी उपचार पनि हुँदै आएको छ । शान्ति मेड नामक सो संस्थाले १५ विशेषज्ञ चिकित्सकसहित कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दै आएको छ । यो संस्था डा रुथको हो । उनको चिकित्सक समूहसँग छालाको उपचारका लागि चितवन र छिमेकी जिल्लाबाट पनि आउने गर्दथे ।

पछिल्लो समय बहिरङ्ग सेवाका भवन निर्माण भएकाले अस्पतालको सेवा विस्तार पनि गरिएको छ । त्यहाँ हाल मानसिक रोगबाहेकका अधिकांश विभाग सञ्चालनमा छन् । अस्पतालमा केही समयपछि पाँच–पाँच शय्याका बाल सघन उपचार कक्ष, एक महिनादेखि १४ वर्षसम्मका लागि पिआइसियु र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन लागिएको छ ।

अस्पतालमा दैनिक चार÷पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । चौबीसैँ घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन भएकाले बिरामी लाभान्वित भएका छन् । अस्पतालमा नयाँ शल्यक्रिया कक्ष र १० शय्याको पोष्टअप निर्माण पनि अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । पीसीआर गर्ने उपकरण पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

अस्पतालको आफ्नै फार्मेसीमा ६०० भन्दा बढी प्रकारका औषधि रहेकाले बिरामीका लागि मागअनुसारको औषधि उपलब्ध गराउन सकिने मेडिकल सुपरिटेण्डेण्ट डा बगाले बताए । पच्चिस चिकित्सकसहित १२५ स्वास्थयकर्मी तथा कर्मचारीमध्ये १४ विशेषज्ञ चिकित्सक छन् ।

बिरामीको चाप र भीडभाड हुन नदिन बिहान ८ बजेदेखि टिकट काटने र ९ बजेदेखि परीक्षण गर्ने गरिएको छ । कोभिडका समयमा समेत कहिल्यै पनि बहिरङ्ग सेवा बन्द नगरिएको अस्पतालले जनाएको छ । पछिल्लो समय सेवा विस्तारसँगै अस्पतालमा आम्दानी पनि बढेका कारण अस्पतालकै आम्दानीबाट सेवा बढाउँदै लगिएको उनले बताए । अस्पतालको मुख्य आम्दानी बीमा भएकाले मासिकरुपमा रु ६० लाखभन्दा बढी बीमा दाबी गर्ने गरिएको छ । मासिक खर्च रु २५ लाख हाराहारी छ । वचत रकम अस्पताल विस्तारमा खर्च हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले उल्लेख गरे ।

प्रदेश सरकारको सैद्धान्तिक सहमति भए पनि हालसम्म खासै सहयोग भने अस्पतालले पाउन सकेको छैन । साङ्गनिक संरचना निर्धारण गरेर प्रदेश सरकारले बजेट दिएमा नमूना अस्पताल बनाउन सकिनेमा उनले जोड दिए ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वन अस्पताललाई स्तरीय बनाउन नगरपालिकाले काम गर्दै आएको बताए । “भवनको तला थप, कम्पाउण्डवाललगायत भौतिक संरचनासँगै नौस्वास्थ्यकर्मी कर्मचारीको तलब नगरपालिकाले बेहोर्दै आएको र अस्पताल भित्रै मातृशिशु अस्पताल बन्दै गरेको छ,”उनले भने, “यो अस्पताललाई नेपालकै नमूना अस्पतालको रुपमा विकास गरेका छौँ । अस्पताल विस्तार गर्दै जाँदा जग्गा अभाव भएमा आवश्यक जग्गा उपलब्ध गराउन पनि छलफल भइरहेको छ ।”

अस्पताल विकास समितिका अध्यक्ष गोपाल कर्माचार्य हाल एक बिघा तीन कट्ठा मात्रै जग्गा रहेकामा विस्तारका लागि जग्गा खरिद समिति निर्माण गरेर पहल थालिएको बताए । सरकारी जग्गा पाएमा प्राप्ति र खरिद गर्नुपरेमा गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ । रु १४ करोड ५० लाख खर्च गरेर अस्पतालको छुट्टै मातृशिशु अस्पताल बनाउन लागिएको उनले जानकारी दिए । हाल यस अस्पतालमा मकवानपुरबाट समेत बिरामी आउने गरेका छन् ।

  • ##ratnangar-hospital

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    आज देशभर मौसम मुख्यतया सफा रहने

    आज देशभर मौसम मुख्यतया सफा रहने

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑