• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

September 23, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आउँदो शनिबार जिल्लामा हुने नगर तथा गाउँ अधिवेशनमा सभापति पदमा दोब्बर आकाङ्क्षी देखिएका छन् । जिल्लामा छ नगर र सात गाउँपालिका छन् । अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ । यद्यपि नगर तथा गाउँ सभपातिका केही आकां्क्षी भने गत मङ्गलबार भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नहुँदा उम्मेदवारीबाट विमुख भएका छन् ।

धुलिखेल नगर सभापतिमा बिदुरबहादुर बस्नेत, विमल ब्याञ्जू र विनोद गौतम, पाँचखाल नगरमा गणेश अधिकारी, हेम लामा र सुन्दर लामा, नमोबुद्ध नगरमा कुन्साङ लामा र दिनेश भुर्तेल, मण्डनदेउपुर नगरमा रामहरि सापकोटा र कश्यप पौडेल तथा पनौती नगरमा हाल एकमात्रै रामशरण भण्डारीको चर्चा छ । यस्तै रोशी गाउँपालिकामा पदम लामा, लक्ष्मी बर्तौला र हस्तबहादुर लामा, भुम्लु गाउँपालिकामा दावा लामा र तस्वीर लामा, खानीखोला गाउँपालिकामा क्षेत्र लामा, सोनाम लामा र गोपाल दर्लामी, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा र सञ्जिव लामा, चौँरीदेउराली गाउँपालिकामा किशोरराज गिरी र चन्द्र लामा, महाभारत गाउँपालिकामा देवराज योञ्जन र रकमसिं घलान तथा बेथानचोक गाउँपालिकामा पे्रमबहादुर तिमल्सिना र मछिन्द्र लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापतिमा भने आकाङ्क्षी वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईँ र पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल देखिनुभएको छ । गाउँ/नगर अधिवेशनमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले नगर सभापतिसहित कार्यसमिति चयन गर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब दुई हजार ४०० प्रतिनिधि वडाबाट निर्वाचित हुनुभएको छ । समितिका अनुसार नगर तथा गाउँ निर्वाचनमा सभापतिसहित क्रियाशील सदस्यताका आधारमा समावेशी कार्यसमितिको गाउँ/नगर कार्यसमिति चयन गर्नेछ ।

गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँ/नगर अधिवेशन हुने भएको हो । पार्टीको बुधबारको निणर्यअनुसार बाँकी प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनलगायत माथिल्लो तहका अधिवेशन/महाधिवेशन दशैँपछि हुनेछ । यसअघि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको थियो । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा भने निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार १३५ वडामध्ये १२७ वडाको अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार भुम्लु गाउँपालिका-२ र ४, धुलिखेल नगरपालिका-१२, बनेपा नपा-९, खानीखोला गाउँपालिका-१, पनौती नपा-१० र ११ मा विवादका कारण वडा अधिवेशन स्थगन भएको सचिव लामाले जानकारी दिनुभयो । लामाका अनुसार बनेपा-९, खानीखोली-१ तथा पनौती-१० र ११ मा बुधबार अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका अधिवेशनबारे छलफल भइरहेको छ । अधिकांश वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

सभापतिका आकाङ्क्षी गाउँगाउँमा

डोटी- नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका-५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरुको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उहाँले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहनुभएको छ ।

उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आउनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आउनु भएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताउनुभयो । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् ।

यस्तै लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्तापङ्क्तिमा रहेको अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिका लागि तीव्र आकाङ्क्षा देखाइरहनुभएको बताइएको छ । यसैगरी महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्रबहादुर शाहीको पनि सभापति पदमा आकाङ्क्षा रहेको चर्चा छ ।
बडिकेदार गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकाङ्क्षा देखाइरहेको उहाँ निकट नेताहरुले जानकारी दिनुभएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । पार्टीको जिल्ला समितिमा सहसचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकाले यसपटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिकरूपमा सभापतिको आकाङ्क्षी भएको बताउनुभएको छैन । नगर तथा पालिका अधिवेशन असोज ९ र जिल्ला अधिवेशन असोज १५ गते हुँदैछ ।

  • ##Nepali Congress
  • ##नेपाली कांग्रेस

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑