• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चार दशकदेखि आँखा उपचार सेवामा

September 22, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
चार दशकदेखि आँखा उपचार सेवामा


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहनु भएको छ ।

‘मास्के बा’ उपनामले परिचित यहाँका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको उपचार सेवामा बितेको छ । विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ यता आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताउनुभएको छ । नेपाल नेत्र ज्योति सङ्घ चितवनका संस्थापक सदस्य मास्केले यहाँ भरतपुर आँखा अस्पताल स्थापनाताकादेखि अहिलेसम्म अनवरत रुपमा सेवामा जुटिरहनु भएको छ ।

संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, सभापति भएर आँखा उपचारमा सेवा पु¥याउनु भएको हो । नेपाल नेत्र ज्योति सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के अहिले पनि सङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “म सभापति हुँदा अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउन मुस्किल पथ्र्याे ।” विसं २०६५ बाट झन्डै नौ वर्ष सभापति भएर आँखा उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका मास्के सभापति भएको दिन आफूले विगतमा ऋण खोजेर तलब खुवाएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले नेतृत्व छाड्दाको दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो ।” सभापति हुनु अघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छोड्दै गर्दा ६०० पुगेको उहाँ बताउनुहुन्छ । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकोमा छोड्दै गर्दा यो सङ्ख्या आठ हजार पु¥याउन सकेकोमा उहाँलाई गर्व छ ।

अस्पतालको दुई वटा उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा हुनुभयो । अहिले उपचार केन्द्रको यो सङ्ख्या १२ पुगेको छ । उहाँले स्मरण गर्नुभयो, “म सभापति हुँदै गर्दा दुई जना विशेषज्ञ चिकित्सकसहित २५ जना कर्मचारी थिए, अहिले यो सङ्ख्या १७ जना विशेषज्ञ चिकित्सकसहित १२५ कर्मचारी पुगेको छ ।”

अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका छन् । अस्पताल कसरी सुधार गर्न सकियो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “कर्मचारी आउनुअघि म अस्पतालको काममा जुट्थे । कर्मचारी ५ बजे फर्किए पनि काम गर्थे ।” रातमा सपनामा पनि आफूले आँखा अस्पताल देख्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उहाँलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उहाँको महत्त्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो ।

नारायणगढका समाजसेवी विनोदकुमार श्रेष्ठको परिवारले रु ५० लाख लगानी गरेर यो विभाग सञ्चालनमा ल्याइएको हो । नारायणगढका व्यवसायी महेन्द्रलाल प्रधानले अस्पताललाई रु दुई करोड सहयोग गरी अस्पतालमा हीरालाल सन्तुदेवी प्रधान आँखा अध्ययन केन्द्र स्थापना गरिएको छ । भरतपुरका भीमराज पाठकले रु एक करोड ५० लाख खर्च गरेर भीमराज उषामाया पाठक आँखा बैङ्क स्थापनामा सहयोग गर्नुभएको छ ।

मास्केकैपालामा भरतपुरका प्रितम पियाले रु ३२ लाख खर्च गरेर बिरामी कुरुवा घर निर्माण गर्नुभएको छ भने हरिकृष्ण महर्जनले रु १२ लाख ५० हजार खर्च गरेर पानीको सम्पूर्ण व्यवस्थापन गरिदिनुभएको छ ।

मास्के आफ्नो पालामा लायन्स क्लबबाट मात्र रु सात करोडभन्दा बढीका आँखाको उपचारमा प्रयोग हुने रेटिना लगायतको उपचार सामग्री प्राप्त गर्न सफल भएको बताउनुहुन्छ । त्यसो त आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ्ग, बैंकक लगायतका सहरमा पुग्नुभएको छ । उहाँलाई हालै मात्रै एशिया प्यासिफिक एकेडेमी अफ्थल्मोलोजी कंग्रेसले सम्मान गरेको छ । यो संस्थाले दक्षिण एशियामा उपचारमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने गर्दछ ।

मास्केको सामाजिक यात्रा आँखासँगै अन्य क्षेत्रमा पनि उल्लेखनीय छ । तत्कालीन भरतपुर नगरपालिका–१० का वडाध्यक्ष भएर अनुभव सङ्गाल्नु भएका उहाँले १२ वर्ष भरतपुर माविको अध्यक्ष भएर सेवा गर्नुभएको छ । यसै गरी चितवन मावि र नारायणी माविमासमेत उहाँले समितिमा रहेर काम गर्नुभएको छ ।

रेडक्रसको आजीवन सदस्य, लायन्सको डिष्ट्रिक ट्रेजररलगायत विभिन्न पद, क्यान्सर सेवा समाजमा हाल पनि संयोजक, नारायणी कला मन्दिरमा आजीवन सदस्य, सुस्त मनस्थितिको समितिमा समेत सदस्य रहनु भएको छ । विभिन्न संस्थामा जुट्ने भए पनि उहाँको ध्यान आँखामा केन्द्रित छ । हाल झन्डै एक लाख ५० हजार बिरामीलाई सेवा दिँदै आएको यस अस्पताललाई थप उत्कृष्ट बनाउने उहाँको चाहना छ ।

सङ्घले यहाँ भरतपुर आँखा अस्पताल सञ्चालन गरेको छ भने भरतपुर उकालोमा सिटी क्लिनिकको रुपमा बहिरङग विभाग र चितवनसहित छिमेकी जिल्लामा १२ वटा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । एक जना व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुञ्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गर्नुभयो ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑