• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नाम मात्रैको उद्यान !

September 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
नाम मात्रैको उद्यान !

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

उद्यान उद्यानझैँ छैन भने, बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? यहाँको ‘मदन–आश्रित स्मृति उद्यान’छेउ उभिँदा जो कोहीको मनमा खेल्ने प्रश्न हो यो ।

बागलुङ नगरपालिका–१ रामरेखास्थित सो उद्यानको नाम जति श्रद्धापूर्वक राखिएको छ, उति नै त्यसको संरक्षण र रेखदेखमा अनदेखा गरिएको छ ।

जीर्ण र फुङ्ग उडेको प्रवेशद्वार । माथिपट्टि मदनकुमार भण्डारी र जीवलाल आश्रितको धुमिल तस्बिर अङ्कित बोर्ड । भित्र बुट्यान र झाडीले छोपेको उद्यान परिसर, जहीँतहीँ फोहर तथा लत्रिएका तारबार ।

उद्यान भन्नलाई न कुनै पूर्वाधार छ, न साजसज्जा । दिवङ्गत नेताका नाममा बनाइएको उद्यानमा उनीको सालिकसम्म छैन । बेहाल स्थितिमा उद्यान छ । त्यो दुरावस्थाबाट उद्यानलाई ननिकालेसम्म नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको सम्मान हैन, अपमान हुनेछ ।

एमाले बागलुङ नगर कमिटीका संयोजक धनबहादुर परियारका भनाइमा उद्यान अलपत्र मात्र हैन, महाअलपत्र छ । “मदन–आश्रितलाई आदर्श मानेर हिँडेका हामी एमालेजनका लागि यो लज्जाको विषय बनेको छ,” उनले भने ।

उद्यानले स्वरुप ग्रहण गर्न नपाउँदै बीचैमा अलपत्र परेको हो । त्यसो हुनुको अपजस एमाले नेतृत्व पङ्क्तिलाई पनि जान्छ । बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माका पालामा उद्यानको योजना अगाडि बढेको थियो । रामरेखा सामुदायिक वनको झन्डै तीन रोपनी जग्गा उद्यानले ओगटेको छ ।

एमाले नेता परियारका अनुसार उद्यानको निर्माण, व्यवस्थापन र सञ्चालनबारे पार्टीभित्र खासै छलफल हुने गरेको छैन । “उद्यानको समितिमा को आयो, बजेट के छ भन्नेबारे हामीलाई केही थाहा हुँदैन,” उनले गुनासो गरे ।

उद्यानमा पूर्वाधार निर्माण र सौन्दर्यसम्बन्धी काम गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने परियारको भनाइ छ । उद्यान निर्माण समितिका पूर्वाध्यक्ष केवी राना मगरले बजेट अभावमा सोचे जसरी काम हुन नसकेको बताए ।

झिनो र टुक्रे बजेटले उद्यान नबन्ने उनको भनाइ छ । “कतिपय नीतिगत बाधा पनि आए, राज्यले रूख काट्न पाइँदैन भन्छ, उद्यान परिसरमा रूखैरूख छन्, अनि कसरी उद्यान बनाउने ?,” राना मगरले प्रश्न गरे ।

उनले आफू पोखरासम्म पुगेर उद्यानको डिजाइनकर्ता इन्जिनियरलाई भेटेर काम सुरु गर्न खोजे पनि बजेट नजुट्दा पछि हट्नु परेको सुनाए । पर्यटन कार्यालयबाट आएको रु ६ लाख बजेटबाट सानो एकतले भवन भने बनाइएको उनको भनाइ छ ।

सो भवन पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । प्रतिनिधिसभा सदस्य एवं उद्यान व्यवस्थापन समितिका पूर्वाध्यक्ष मनकुमारी जिसीले मध्यपहाडी पुष्पलाल लोकमार्ग विस्तार योजनाले उद्यानको काम अन्योलमा परेको बताए ।

“सडक विस्तार हुँदा कति जग्गा रहन्छ, त्यसपछि बल्ल उद्यानको कामलाई गति दिने भन्ने थियो तर सडक विस्तार भएन, त्यसले पनि अलमल भयो,” उनले भने । उद्यानको तल्लो र माथिल्लो भागमा लोकमार्ग पर्छ ।

उनले आफू संयोजक हुँदा र पछि निर्माण समितिले पनि घेराबार, भवन निर्माण लगायतको काम गरेको स्मरण गरे । गण्डकी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयबाट रु १५ लाख बजेट विनियोजन भएकाले यो वर्ष उद्यान निर्माणको कामलाई अगाडि बढाइने जिसीले बताए ।

हुँदाहुँदा अहिले उद्यान नेतृत्वविहीनको स्थितिमा छ । पछिल्ला वर्षमा उद्यानमा मदन–आश्रितको जन्मजयन्ती र स्मृति दिवससमेत हुन छाडेपछि एमालेजन नै असन्तुष्ट छन् । सोही उद्यानको अगाडिपट्टि रहेको शहीद स्मृति उद्यान पनि वर्षौंसम्म अलपत्र परेर अहिले पुनर्निर्माण हुन थालेको छ ।

उद्यानमा रहेका शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिकसमेत संरक्षण नहुँदा जीर्ण बनेका थिए । विसं २०५७ मा निर्मित उद्यानमा सालिक, विश्रामस्थल, दृश्यावलोकनस्थल, बगैँचा लगायतका संरचना छन् । २९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यानको संरक्षणमा बागलुङ नगरपालिकाले देखाएको उदासीनताका बारेमा पटकपटक सार्वजनिक सञ्चारमाध्यम र नागरिक तहबाट आवाज उठ्दै आएको थियो ।

बागलुङ बजारको मुटुमा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यान पनि संरक्षण अभावमा विरुप बन्दै गएको छ । विसं २०३२ मा बनेको उक्त उद्यान पनि लथालिङ्ग अवस्थामा छ । अनेक नाममा निर्माण गरिने उद्यानमा बर्सेनि राज्यको बजेट खर्च हुने गरे पनि तिनको उचित संरक्षण र व्यवस्थापन हुन सकेको छैन ।

  • ##उद्यान

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑