• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सोह्रश्राद्धमा पुरोहितको अभाव

२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सोह्रश्राद्धमा पुरोहितको अभाव

रासस
(२ साल अघि)

आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्यका लागि म्याग्दीमा भने पुरोहितको अभाव हुन थालेको छ ।

संस्कृत पढेका र शुद्धसँग मन्त्र उच्चारण गर्नसक्ने ब्राह्मणको अभावमा श्राद्धलगायत अन्य कर्मकाण्ड गर्न कठिन हुन थालेको छ । पुरोहितको अभावमा एउटैले सात÷आठ वटा श्राद्ध गर्नुपर्ने बाध्यता रहेको यहाँका पुरोहित बताउँछन् । एकै दिन एक ठाउँमा पुजिएका पुरोहित पितृकार्यका लागि अर्को ठाउँमा जान नहुने शास्त्रीय मान्यता रहे पनि काम चलाउन अन्य ठाउँमा समेत जानुपरेको उनीहरूकोे भनाइ छ ।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा श्राद्ध, पूजापाठलगयत कार्यका लागि ब्राह्मण अभाव हुन थालेको बेनी नगरपालिका– २ बगरफाँटका पुरोहित बेदप्रसाद उपाध्यायले बताए ।

ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेतमा अपठेरो परेकाले स्थानीयवासी चिन्तित हुन थालेको उनको भनाइ छ । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचका कारण ब्राह्मणले संस्कृत पढन् छोडेकाले जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मणको अभाव हुन थालेको हो ।

जन्मेदेखि मृत्युसम्म बेद,उपनिषद, पुराण, रुद्रीलगायत ग्रन्थबमोजिम कर्म गर्नुपर्नेमा अहिले कर्मकाण्ड चलाउन नै पुरोहितको अभाव हुने गरेको ज्यामरुककोटका रामकृष्ण घिमिरेले बताए ।“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो” उनले भने, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा श्राद्ध, विवाह, न्वारान, मृत्युसंस्कारजस्ता नगरी नहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।”

संस्कृत हिन्दूको जीवन पद्दतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकता नभएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुशी ‘धुपं समर्पयामी,नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा पनि सम्वत्सर, नक्षत्र र तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले देखेको पण्डित भीमनाथ पराजुलीले गुनासो गरे ।

“शुद्धसँग बेदका ऋचा उच्चारण गर्न नसक्ने र आचारणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा सबै ब्राह्मणको समेत बदनाम भएको छ” उनको भनाइ छ । अहिले संस्कृत पढेर भविष्य सुनिश्चित नहुने र कर्मकाण्डलाई व्यावसायिक गराउन नसकेकाले संस्कृतप्रति मानिसको उदासिनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक नारायण सुवेदीले बताए ।

बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव हुन थालेको हो । अहिले जिल्लामा पुराण वाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गराउने पनि घट्दै गएको जिल्लास्थित ब्राह्मण समाजले जनाएको छ । सोह्रश्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिमा आफ्ना पितृको श्राद्ध गर्न ब्राह्मण नपाइएपछि छोरीचेलीलाई टीका लगाइदिएर कर्म पूरा गरेको बगरफाँटकी तिलु बानियाँको भनाइ छ । उनकै जस्तो समस्या त्यहाँ सयौँलाई परेको छ ।

लाहुरेको जिल्ला मानिने त्यहाँ कर्मकाण्ड गर्नसक्ने ब्राह्मण औलामा गन्न सकिने मात्र रहेका र उनीहरु पनि अन्य पेशा व्यवसायमा संलग्न रहेकाले यो समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् ।श्राद्धलाई रुद्री तथा पूजापाठजस्तो जुराएर अर्को दिन गर्न नमिल्ने र तेकिएकै तिथिमा नै गर्नुपर्ने भएकाले पनि समस्या उत्पन्न हुने गरेको त्यहाँका बूढापाकाको भनाइ छ ।

  • ##सोह्रश्राद्ध

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑