• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सोह्रश्राद्धमा पुरोहितको अभाव

September 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सोह्रश्राद्धमा पुरोहितको अभाव

रासस
(४ साल अघि)

आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्यका लागि म्याग्दीमा भने पुरोहितको अभाव हुन थालेको छ ।

संस्कृत पढेका र शुद्धसँग मन्त्र उच्चारण गर्नसक्ने ब्राह्मणको अभावमा श्राद्धलगायत अन्य कर्मकाण्ड गर्न कठिन हुन थालेको छ । पुरोहितको अभावमा एउटैले सात÷आठ वटा श्राद्ध गर्नुपर्ने बाध्यता रहेको यहाँका पुरोहित बताउँछन् । एकै दिन एक ठाउँमा पुजिएका पुरोहित पितृकार्यका लागि अर्को ठाउँमा जान नहुने शास्त्रीय मान्यता रहे पनि काम चलाउन अन्य ठाउँमा समेत जानुपरेको उनीहरूकोे भनाइ छ ।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा श्राद्ध, पूजापाठलगयत कार्यका लागि ब्राह्मण अभाव हुन थालेको बेनी नगरपालिका– २ बगरफाँटका पुरोहित बेदप्रसाद उपाध्यायले बताए ।

ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेतमा अपठेरो परेकाले स्थानीयवासी चिन्तित हुन थालेको उनको भनाइ छ । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचका कारण ब्राह्मणले संस्कृत पढन् छोडेकाले जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मणको अभाव हुन थालेको हो ।

जन्मेदेखि मृत्युसम्म बेद,उपनिषद, पुराण, रुद्रीलगायत ग्रन्थबमोजिम कर्म गर्नुपर्नेमा अहिले कर्मकाण्ड चलाउन नै पुरोहितको अभाव हुने गरेको ज्यामरुककोटका रामकृष्ण घिमिरेले बताए ।“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो” उनले भने, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा श्राद्ध, विवाह, न्वारान, मृत्युसंस्कारजस्ता नगरी नहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।”

संस्कृत हिन्दूको जीवन पद्दतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकता नभएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुशी ‘धुपं समर्पयामी,नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा पनि सम्वत्सर, नक्षत्र र तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले देखेको पण्डित भीमनाथ पराजुलीले गुनासो गरे ।

“शुद्धसँग बेदका ऋचा उच्चारण गर्न नसक्ने र आचारणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा सबै ब्राह्मणको समेत बदनाम भएको छ” उनको भनाइ छ । अहिले संस्कृत पढेर भविष्य सुनिश्चित नहुने र कर्मकाण्डलाई व्यावसायिक गराउन नसकेकाले संस्कृतप्रति मानिसको उदासिनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक नारायण सुवेदीले बताए ।

बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव हुन थालेको हो । अहिले जिल्लामा पुराण वाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गराउने पनि घट्दै गएको जिल्लास्थित ब्राह्मण समाजले जनाएको छ । सोह्रश्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिमा आफ्ना पितृको श्राद्ध गर्न ब्राह्मण नपाइएपछि छोरीचेलीलाई टीका लगाइदिएर कर्म पूरा गरेको बगरफाँटकी तिलु बानियाँको भनाइ छ । उनकै जस्तो समस्या त्यहाँ सयौँलाई परेको छ ।

लाहुरेको जिल्ला मानिने त्यहाँ कर्मकाण्ड गर्नसक्ने ब्राह्मण औलामा गन्न सकिने मात्र रहेका र उनीहरु पनि अन्य पेशा व्यवसायमा संलग्न रहेकाले यो समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् ।श्राद्धलाई रुद्री तथा पूजापाठजस्तो जुराएर अर्को दिन गर्न नमिल्ने र तेकिएकै तिथिमा नै गर्नुपर्ने भएकाले पनि समस्या उत्पन्न हुने गरेको त्यहाँका बूढापाकाको भनाइ छ ।

  • ##सोह्रश्राद्ध

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑