• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीको मुद्दा आज सुनुवाइ हुँदै

September 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
ओलीको मुद्दा आज सुनुवाइ हुँदै


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ आज पनि हुँदैछ । अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय आउनेछ ।

सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालका संयुक्त इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिश गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ हुन लागेको हो ।

यसअघि न्यायाधीश कार्की र मीरा खड्काको संयुक्त इजलासमा गत भदौ २८ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसअघि भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सो विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो ।

अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो भने विपक्षीको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेश तोक्न भनेको थियो ।
एमाले अध्यक्ष ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले भदौ १६ गते सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टाछुट्टै तीन रिट निवेदन दर्ता गर्नुभएको हो ।

एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई गरिएको कारबाही कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्काशनको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गर्न निवेदनमा माग गरिएको थियो ।

एमालेले आफ्ना दलका प्रतिनिधिसभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्काशन गरेको र कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयमा भदौ १ गते सूचना तथा निर्णय दर्ता गराइएकामा कानूनबमोजिम गर्नुपर्ने कार्य नगरेको जिकिर रिट निवेदनमा थियो । निष्काशित प्रतिनिधिसभा सदस्यलाई नयाँ गठन भएको दलमा समाहित हुने अवस्थासमेत गरिएकामा पत्राचार तथा निर्णय गैह्रकानूनी भएकाले उपर्युक्त पत्राचार तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको थियो ।

त्यस्तै एकीकृत समाजवादी दर्ता गरेको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी कानूनबमोजिम गर्न निर्वाचन आयोगका नाममा परमादेश जारी गर्न निवेदनमा माग गरिएको थियो ।
साथै दलले निष्काशन गरेका दुई लुम्बिनी प्रदेशसभा सदस्यलाई यथावत् राख्ने गरी भएको निर्णय बदर गरी गैरकानूनी कार्य नगर्न परमादेश माग गरिएको छ ।

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली र अजय शाहीलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२(२) बमोजिम निष्काशन गरिसकिएको र सो निर्णय विपक्षी सभामुखले लुम्बिनी प्रदेशसभामा सुनाई वा टाँस गरी पद रिक्तको सूचना निर्वाचन आयोगमा पठाउनुपर्ने भए पनि सदनलाई जानकारी नगराउने गैह्रकानूनी निर्णय बदर गर्न आदेशको माग निवेदनमा गरिएको थियो ।

  • ##kp sharma oli

बाट थप

  • छठको दोस्रो दिन आज ‘खरना’छठको दोस्रो दिन आज ‘खरना’
  • आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदैआज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै
  • पूर्णिमामा सुरु हुने कार्तिक स्नान र दान : किन छ विशेष ?पूर्णिमामा सुरु हुने कार्तिक स्नान र दान : किन छ विशेष ?
  • चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोधचितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑