• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

September 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा
File photo

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो ।

पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ । तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ लमही नगरपालिका–९ अमिलिया निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो ।

घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर पनि उनले ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेका छन् । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन”, उनले भने, “तर मैले इच्छा राखेपछि जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यही पढिररहेका छन् उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो”, उनले भने, “यदि त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो ।”

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अवस्था कमजोर नै हो । उनलाई घरबाट पढाइ खर्च पु¥याउन हम्मेहम्मे पर्छ । तर उनको इच्छा कानुन विषय पढ्ने रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उहाँले कानुन विषय पढिरहेका छन् ।

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर दाङमै कानुन विषय पढेका महिला बिरलै छन् । यसले पनि उनीहरुलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ”, सरुले भने, “तर महिला बिरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौंँ ।” कानुन विषय पढ्न रु चार लाख हाराहारी खर्च लाग्छ । अहिले कलेजमा कानुन पढ्ने विद्यार्थीमध्ये बढी छात्रा छन् । ४६ विद्यार्थीमध्ये २६ छात्रा रहेको कलेजका प्रशासन प्रमुख सुधासुमन ढकालले बताए । तीमध्ये छ थारू समुदायका छन् । थारू समुदायकामध्ये एक जनामात्रै छात्र हुन्, अरु सबै छात्रा रहेका छन् । कानुन विषयमा छात्राको आकर्षण बढिरहेको छ ।

रामकुमारी कानुनमा प्रथम
विद्यार्थीको शैक्षिकस्तर बढाउन सहज वातावरण हुनुपर्छ । रामकुमारी चौधरीको एसइईमा गणित विषयमा कम ग्रेड आएको थियो । गणितको ग्रेड वृद्धि परीक्षामा पास गर्न उनी तुलसीपुरमै कोठा भाडा लिएर बसे । गणितमा पनि पास भएपछि उनले तुलसीपुरमै बसेर कानुन विषय पढेका छन् । त्यतिबेला तुलसीपुरको हिमाल एकेडेमीमा कानुन विषय पढे । उनको इच्छा कानुन विषय पढ्ने नै थियो । त्यसैले पनि उनको नतिजा पनि उत्कृष्ट आयो । उहाँ कक्षाको प्रथम भए । नतिजा पनि राम्रो भएपछि उनले कानुन विषयमा स्नातक पढ्ने रहर गरे । अहिले नियमितरूपमा तुलसीपुरमै कानुन विषय पढिरहेकी छिन् ।

सारथी बनेको दिदीघर
जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या बिरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर नै आफूले सहयोग गरेको दिदी घर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए । आफ्नै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको उनले बताए । चौधरीका अनुसार मासिक रु दुई, दुई हजार सहयोग गर्ने गरेको उनको भनाइ छ ।

  • ##कानुन

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑