• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २५, बुधबार | Wed, 09, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि…!

२०७८ आश्विन ४, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि…!


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

सुनसरी । गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे ।

सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस्ताक्षर गराउन बैठक भएकाले निकै बेर बाहिर कुरे ।

शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगिन् ।

वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए । नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो । त्यही तोक लगाउन उनीहरू मेयरकाे कार्यकक्ष पुगे ।

भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिएर बसे । झन्डै एक घण्टा पर्खिए तर पालो आएन । ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीलाई सहयोग मागिन् । ‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईँले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न ।’

यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयर सम्म उनकाे कागजात पुर्‍याए । मेयरले निवेदनमा तोक लगाए । तर, फेरि वडा कार्यालयमै वडामै जानू पर्ने भएपछि शेर्पा अचम्ममा परिन् । वडाबाट सबै काम सकिएकोले उनी मेयर सम्म आएकी थिइन् । त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन् । ‘मेयर साबले कुरा बुझ्नु भएन कि के हो ? म एकचोटी भित्र पसेर भन्छु है भन्दै उनी भित्र छिरिन् ।

मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर बाहिर भन्दै रिसले मुरमुरीए ।

मेयर चौधरीको यस्तो बोलीले शेर्पा छाँगाबाट खसेको जस्तै भइन् । शेर्पाले न्युज कारखानालाई भनिन्, ‘मेयरले यस्तो भनेपछि मैले सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झे । म मेयरको छिमेकी हो, लामो समयदेखि संर्घष गर्दै आएकी म मेयरकै भनाई अनुसार म कस्तो आइमाई हो ?’ त्यसपछि चुनावमा ‘एक भोटले त हारजित हुन्छ, मेरो घरको पाँच भोट खेर गएछ’ भन्दै बाहिर निस्किइन् ।

बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै झपारे । तीजको छेको पारेर सुन जस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे । त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन् ।

‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइन् । अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुन जस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो ।’

नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन् । आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन् ।

उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन् । मेयरविरूद्ध ध्यानाकर्षण सहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन् ।

‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेकाे संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पटक-पटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन् । मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नु पर्ने उनीहरूकाे माग छ । मेयरकै विरूद्धमा महिलाहरूले आज १० बजे इटहरी उपमहानगरपालिका गेटमा धर्ना दिने बताएका छन् ।

बाट थप

  • म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ताम्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता
  • खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालयखानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय
  • सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाईसांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई
  • रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारीरसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    समाचार
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑