नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एक चिनियाँ नेतालाई मृत्यु दण्डको फैसला सुनाइएको छ । उनलाई एमाले अध्यक्ष ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिएका थिए।
चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई अदालतले घुस लिएको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।
सचिव चाओ चड्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मुछिएको आरोप पुष्टि भएसँगै यति ठूलो दण्ड सजायँ तोकिएको हो।
१२ औं नेशनल पिपुल्स कँग्रेस (संसद) को आन्तरिक तथा न्यायिक समितिका उपाध्यक्ष एवम् सान्सी (ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहर) का प्रान्तीय कमिटी सचिव चाओले थिएन्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अपराध स्वीकारेको बताइन्छ।
प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ । साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै जफत गरेर आजजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ ।
तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिं कतै पुनरावेदन भने नगर्ने बताएका छन् । चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए ।
उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिएका थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो । उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्यु दण्डको सजायँ सुनाइएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस