• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २५, बुधबार | Wed, 09, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पोखराको बजेट खर्च ६६ प्रतिशत

२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
पोखराको बजेट खर्च ६६ प्रतिशत
File Photo/hellochitwanonline


हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ ।

कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा वित्त महाशाखा प्रमुख जयराम पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार चालुतर्फ ८७ प्रतिशत र पूँजीगततर्पm ५०।५ प्रतिशत मात्र खर्च भएको हो ।

गत आर्थिक वर्षमा विनियोजित कूल रु पाँच अर्ब ५१ करोड ८२ लाख ५३ हजार बजेटमध्ये रु तीन अर्ब ६८ करोड ८१ लाख २५ हजार खर्च भएको बताउँदै प्रमुख पौडेलले बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै ९९१।३७ प्रतिशत० शिक्षा महाशाखाले खर्च गरेको जानकारी दिनुभयो ।

उक्त महाशाखाले कूल रु एक अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये रु एक अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको थियो । सबैभन्दा कम सामाजिक विकास महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ । उक्त महाशाखामा रहेको कूल रु १० करोड २२ लाख ७१ हजार बजेटमध्ये रु चार करोड ६४ लाख ७१ हजार रकम मात्र खर्च भएको उहाँको भनाइ छ । प्रमुख पौडेलले भन्नुभयो, “पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट रु दुई अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये रु एक अर्ब २९ करोड २७ लाख ४५ हजार रकम खर्च भएको छ ।

पोखरा महानगरको वित्तीय अवस्था सशक्त रहेको दाबी गर्दै उहाँले भन्नुभयो, “महानगरमा यो आर्थिक वर्षमा कुनै योजनालाई रकम नपुग्ला कि भन्नुपर्ने अवस्था छैन ।” राजस्व सङ्कलनमा भने महानगर केही कमजोर देखिएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा करिब रु २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा रु सात करोडमात्र उठेको बताउँदै उहाँले भन्नुभयो, “गत आवमा विज्ञापन र मनोरञ्जन कर शून्य हुनुका साथै ३५ करोड उठ्ने अनुमान गरिएको ढुङ्गा, गिट्टी, बालुवा कर रु २१ करोड ८० लाख सङ्कलन भएको थियो ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामग्री एवं कामदार अभाव तथा कोरोना महामारीका कारण योजनाअनुरुपका काम गर्न नसकिएको जानकारी दिनुभयो । वर्षायाम, चाडबाडलगायत कारण पनि काम कम हुने परिपाटी रहेको बताउँदै उहाँले योजना छनोट, सार्वजनिक खर्चसम्बन्धी व्यवस्था, क्षमताभन्दा बढी काम लिने निर्माण व्यवसायीका कारण पनि महानगरमा सोचेजस्तो काम हुन नसकेको स्पष्ट पार्नुभयो ।

समीक्षा गोष्ठीमा महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले वार्षिकरूपमा गरिने समीक्षाले महानगरको प्रशासनिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । कोरोना महामारीको विषम अवस्थामा समेत महानगरवासीको सेवामा कुनै कसर बाँकी नराखी काम गरिएको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सामाजिक विकास महाशाखा, स्वास्थ्य महाशाखा, शिक्षा महाशाखा, पूर्वाधार महाशाखा, कृषि तथा पशु विकास महाशाखाका प्रमुखले पनि वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महानगरका ३३ वडाका अध्यक्ष, कार्यपालिका सदस्य एवं विभिन्न महाशाखाका प्रमुखको सहभागिता थियो ।

  • ##पोखरा महानगरपालिका

बाट थप

  • भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेलभरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेल
  • भरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरुभरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरु
  • सरकारले गर्यो सरोकारवालासँग एलडिसी स्तरोन्नतिबारे संवादसरकारले गर्यो सरोकारवालासँग एलडिसी स्तरोन्नतिबारे संवाद
  • माघ २५ देखि २७ गतेसम्म प्रथम डेरी एक्स्पो , तयारी पुरामाघ २५ देखि २७ गतेसम्म प्रथम डेरी एक्स्पो , तयारी पुरा
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    समाचार
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑