
चितवन ग्ल्यामर्स तीज फेशन रन वे तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्रियटिभ इन्साइट मिडिया भरतपुरको आयोजनामा रन वे तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत फेशन रन वे तर्फ सृष्टी सापकोटा ‘फेस अफ ग्ल्याम तीज’ को उपाधि जित्न सफल भएकी छिन् । उनी रन वे तर्फ उत्कृष्ट घोषित भएकी हुन् ।
यस्तै सापकोटाले नै सपोर्टिभ मोडलको उपाधि पनि जितेकी छिन् भने अर्को बेस्ट वाकको उपाधि मनिषा दराईले हात पार्दा प्रतिक्षा अधिकारीले बेस्ट पर्फर्मेन्सको उपाधि हातपार्न सफल भइन।
फेशन रन वेमा १० जना मोडलहरु सहभागी थिए । मुख्य निर्णायक मिना झाले सहभागी मध्ये बिभिन्न विधामा उत्कृष्ट मोडलहरु छनोट गरेकी हुन् । उनीहरुलाई क्रियटिभ इन्साइट मिडियाकी अध्यक्ष सरिता आचार्य तथा निर्णायक झालगायतले उपाधि प्रदान गरेका थिए ।
यस्तै नृत्य प्रतियोगिता तर्फ राज जोर्डन प्रथम भएका छ्न् । उनले नगदसहित बिभिन्न पुरस्कार प्राप्त गरेका छन् । नृत्य प्रतियोगितातर्फको निर्णायकमा नविन भट्टराई र निखिल विक रहेका
थिए ।
कार्यक्रम भरतपुर महानगरपालिका कि उपमेयर पार्वती शाह ठकुरी को प्रमुख अतिथि रहेको थियो भने क्रियटिभ इन्साइट मिडियाकी अध्यक्ष आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस