• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

September 16, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र
File photo


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यामिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरुआत गरेको थियो ।

छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरिएको भए पनि भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानध्यापक केदार कार्कीले जानकारी दिनुभयो ।

“गत वर्ष बजेट र ठेक्का प्रक्रियामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्सा फिर्ता भयो, यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उहाँले भन्नुभयो ।

गत वर्ष रु दुई करोड बजेटबाट काम सुरु भए पनि २० प्रतिशत मात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केही काम भएको छैन । निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ । पहिलो वर्ष प्रदेशको रु ६० लाख र गाउँपालिकाको रु ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ ।

करिब रु नौ करोड लागत अनुमान रहेको यस योजनामा यस वर्ष १० लाखमात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ । आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरी ध्यानाकर्षण गराइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु भए पनि समयमै निर्माण नहुँदा आवासीयरूपमा बस्दै आएका विद्यार्थीलाई राख्ने ठाउँको अभाव हुने देखिएको छ । “गत वर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौँ, यो वर्ष त्यो सङ्ख्या बढ्ने देखिन्छ, भौतिकरूपमा पठनपाठन सुरु भएपछि उनीहरुलाई कहाँ राख्ने ? अन्योलता सिर्जना भएको छ”, प्रअ कार्कीले भन्नुभयो ।

धवलागिरि–७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न दुई वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा समेत भारी कटौती भएको छ । पहिलो वर्ष रु एक करोड र दोस्रो वर्ष रु दुई करोड बजेट विनियोजन भएर भवन निर्माणको काम भइरहेको अवस्थामा यस वर्ष रु १० लाखमात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्योलता सिर्जना भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“प्राविधिक लगतअनुसार भवनलाई पूर्णता दिएर आवासीय विद्यालयको पूर्वाधार सम्पन्न गर्न थप करिब रु दुई करोड बजेट आवश्यक पर्छ, प्रदेशले बजेटमा भारी कटौती गरेर बजेट पठाएको छ, पालिकाका आधा दर्जन योजनामा बजेट कटौती भएपछि मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”, अध्यक्ष पुनले भन्नुभयो । यस विद्यालयमा समेत दुई वर्षदेखि अस्थायी भवनमा आवासीयरूपमा विद्यार्थी राखेर पढाउँदै आइएको छ ।

दुर्गम र घण्टौँ लगाएर हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणाले राहत मिले पनि भौतिक पूर्वाधार निर्माणले पूर्णता नपाउँदा समस्या सिर्जना भएको विद्यालयले जनाएका छन् । प्रदेश सरकारले भौगोलिकरूपमा विकटता भएका क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहजरूपमा पठनपाठनको प्रबन्ध मिलाउन कक्षा ४ देखि १२ सम्मका बालबालिकालाई आवासीय सुविधाको व्यवस्था गर्न नमूना आवासीय कार्यक्रम सञ्चालन गरेको थियो ।

  • ##विद्यालय

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑