• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना माहमारीबीच स्याङ्जामा कोदो खेतीमा वृद्धि

September 16, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कोरोना माहमारीबीच स्याङ्जामा कोदो खेतीमा वृद्धि

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना सङ्क्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषिक्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ ।

किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो ।

किसानले यस वर्ष भने कोरोना सङ्क्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रशस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो । कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवद्र्धक खाद्यबालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो ।

किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उहाँले जानकारी दिनुभयो । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पु¥याउने भए पनि कोदो खेतीमा बाँदरले कम क्षति पु¥याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताउनुभयो ।

हमालले भन्नुभयो, “मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जङ्गली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना सङ्क्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।” गतवर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८÷०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।

यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जाडो मौसममा कोदोको रोटी, ढिडोलगायतका परिकार खाँदा राम्रो हुने भएकाले कोदो खेतीको विस्तार गर्नुपर्ने चापाकोट नगरपालिका–१० की सावित्रा भट्टराईले बताउनुभयो । गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताउनुभयो ।

अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको र बरु सहर बजारका होटल, रेष्टुराँमा कोदोको परिकार पाक्ने गरेको तथा बजार क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको पाइन्छ ।

  • ##काेदाे

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑