• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रधानसेनापति शर्माको सैनिक कुटनीतिलाई प्राथमिकता दिने सङ्केत

September 16, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रधानसेनापति शर्माको सैनिक कुटनीतिलाई प्राथमिकता दिने सङ्केत


रासस
(४ साल अघि)

‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कुटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत देखिएको छ ।

प्रधानसेनापतिमा नियुक्त भई सकल दर्जालाई गर्नुभएको पहिलो सम्बोधनका क्रममा महारथी शर्माले नेपालको बाह्य मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सेनाले योगदान दिँदै आएको उल्लेख गरे । गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको विसं २०७२ को भूकम्पपछिको खोजी, उद्धार, उपचार र राहत वितरणमा ४० भन्दा बढी मुलुकका सेनाको संलग्नता र सहभागिताले सैनिक कूटनीति विस्तारका लागि थप प्रेरणा प्रदान गरेको हो ।

प्रधानसेनापति शर्मा भन्छन्, “विश्व शान्ति स्थापना कार्यमा शान्ति सैनिकको तैनाथीका क्रममा छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध र सहकार्यबाट मुलुकको छवि निर्माणमा ठूलो योगदान मिलेको छ ।” मुलुकको परराष्ट्र नीतिलाई सहयोग र सफल तुल्याउन तथा सुरक्षा सम्बन्ध र आपसी विश्वास कायम गर्न सैनिक कुटनीतिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सोही सन्दर्भमा विश्वका कतिपय राष्ट्रले परराष्ट्र नीतिअनुरुप आवश्यकता र क्षमताका आधारमा एक(अर्का मुलुकमा सैनिक सहचारी पठाउने पुरानै प्रचलन रही आएको छ ।

नेपालको सैनिक कूटनीति निकै प्रभावकारी रहेको पुस्ट्याई विगतको नाकाबन्दी अन्त्य गर्ने सवालमा मात्र नभई कोभिड(१९ सङ्क्रमण रोकथाम प्रतिकार्यमा विदेशी सैनिकबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको घटनाले पुष्टि गरेको छ ।

सैनिक कूटनीतिक परराष्ट्र नीतिकै एक हिस्सा

पूर्व उपरथी हिमालय थापाले सैनिक कूटनीतिक राज्यको परराष्ट्र नीतिकै एक हिस्सा भएकाले सैनिक कुटनीतिलाई चुस्त तुल्याउँदै विस्तार गर्न आवश्यक रहेको सुझाव दिए । उनले भने, “राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिको निचोडका रुपमा रहेको सैनिक कूटनीति मुलुकको हित प्रवद्र्धन गर्ने ठूलो अस्त्र हो, यसमा छिमेकी मुलुक धेरै अघि छन्, राम्रो अभ्यास गर्न सकिएमा धेरै फाइदा लिन सकिन्छ, राजनीतिबाट उत्पन्न समस्या निधान गर्न पनि ठूलो योगदान पुर्‍याउन सक्छ ।”

तटस्थ र अराजनीतिक सङ्गठन भएकाले सेनाप्रति छिमेकीबाट पनि सोही अनुरुपको सम्मान प्राप्त भइरहेको छ । मुलुकको राष्ट्रिय सुरक्षा मातहत रहने सैनिक कूटनीतिको असल अभ्यासमा अमेरिका, चीन र भारतलगायतका मुलुक अगाडि छन् । राष्ट्रिय सुरक्षा र राष्ट्रिय प्रतिरक्षा नीतिले परराष्ट्र नीतिलाई सफल तुल्याउन आर्थिक र सैनिक कुटनीतिलाई आत्मसात् गरेको छ ।

सैनिक कूटनीति विस्तारका क्रममा नेपालले भारत, चीन, बङ्गलादेश, पाकिस्तान, बेलायत र अमेरिकामा सैनिक सहचरी पठाउँदै आएको छ । त्यहाँ खटिई जाने सैनिक सहचारीले सङ्गठनलाई मात्र होइन, राष्ट्रकै सम्बन्ध विस्तारमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी बढाउन सेनाको ठूलो योगदान छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल दोस्रो स्थानमा छ । हालसम्म एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले ४३ वटा मिसनमा रही १०० भन्दा बढी मुलुकका सेनासँग सहकार्यका साथ सम्बन्ध विस्तारमा असरदार योगदान पुर्याएका छन् । अहिले विश्वका १२ स्थानमा तैनाथ मिसनमा १८१ महिलासहित पाँच हजार १६९ नेपाली सैनिकबाट ‘सैनिक कूटनीति’ विस्तारमा सघाउ पुगिरहेको छ ।

विश्वका जुनसुकै मुलुकमा हुने तालिम, अध्ययन, कार्यशाला र विपद् व्यवस्थापनसम्बन्धी सैनिक अभ्यासले सम्बन्ध प्रगाढ तुल्याउन बल पुर्‍याएको छ । यसैबीच राजनीतिक वातावरण तरल रहेकै अवस्थामा केही समयअघि भएको भारतीय सेनाध्यक्ष जनरल नरवणेको नेपाल भ्रमणलाई पनि सफल सैनिक कूटनीतिक रूपमा हेरिएको छ । नेपाल–भारतबीच एकअर्का मुलुकका सैनिक प्रमुखलाई ‘मानार्थ महारथी’ को दर्ज्यानी प्रदान गर्ने विश्वमै अनुपम उदाहरणले दुई देशबीचको सैनिक कुटनीतिलाई बलियो तुल्याएको छ ।

‘विशेष महत्व दिनुलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ’
सेनाको आधुनिकीकरणको लागि छिमेकी मुलुकको सहयोग महत्वपूर्ण रहेको यथार्थबीच भर्खरै नेतृत्व सम्हाल्नुभएका प्रधानसेनापति शर्माले आफ्नो कार्यकाल प्रारम्भको पहिलो सम्बोधनमै सैनिक कुटनीतिलाई विशेष महत्व दिनुलाई अर्थपूणर्रुपमा हेरिएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसमेत अनिश्चित, अस्थिर, तरल तथा जटिल भएको परिप्रेक्ष्यमा देखापरेका चुनौती समाधान गर्न मजबुत र असरदार सैनिक कुटनीतिमार्फत विशेष पहलको खाँचो औँल्याएका थिए ।

नेपालस्थित र गैरआवासीय सैनिक सहचारीले गरेका कार्यको कदर गर्दै सहयोगका लागि कृतज्ञतासमेत ज्ञापन गरेका थिए । भारतीय सैनिकद्वारा आयोजित सम्मेलनमा पूर्व प्रधानसेनापतिको सहभागितालाई पनि दुई देशबीचको सम्बन्ध सुधारको एउटा कडीका रुपमा हेरिएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण रोकिएको नेपाली र भारतीय सैनिक सम्मिलित संयुक्त अभ्यास ‘सूर्य किरण’, अमेरिकी सेनासँग सञ्चालन गरिँदै आएको विपद् व्यवस्थापन अनुभव आदानप्रदान तथा चीनसँगको संयुक्त अभ्यासले पनि सम्बन्ध थप प्रगाढ तुल्याउन र सहयोग जुटाउन मद्दत पुगेको छ ।

‘सेनाको मात्र होइन, राष्ट्रकै हितका लागि हो’

पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्– “विश्वमै अहिले सैनिक कूटनीतिको महत्व बढेको छ, यो मुलुकको परराष्ट्र नीति र सिद्धान्तभित्र रही चल्ने विषय हो, सेनाको मात्र होइन, राष्ट्रकै हितका लागि हो ।” सैनिक कूटनीति परराष्ट्र नीतिकै मातहतको अङ्ग भएको जनाउँदै उनले भने, “प्रधानसेनापतिसँग शान्ति मिसन खटिएर काम गरेको, बङ्गलादेशमा सैनिक सहचारीमा खारिएको अनुभवले पनि सैनिक कुटनीतिलाई प्राथमिकताका साथ अघि बढाउन प्रयास गर्नु स्वभाविक हो ।”

भक्तपुरको खरिपाटी होस् वा शिवपुरीस्थित आर्मी कमाण्ड कलेजमा हरेक वर्ष भारत, चीन, अमेरिका, पाकिस्तान, कोरिया, बेलायतलगायतका देशबाट सैनिक अधिकृत अध्ययन र तालिममा सहभागीले पनि सैनिक कूटनीतिमा प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ । नेपालबाट पनि भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, पाकिस्तानलगायतका मुलुकमा अध्ययन तथा तालिममा जाने सैनिक सङ्ख्या ठूलो छ । यस्ता तालिम र प्रशिक्षणले तत् तत् देशसँग सैनिक कूटनीति विस्तारमा समेत ठूलो योगदान पुग्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड समेत गरेका महारथी शर्मा बङ्गलादेशमा सैनिक सहचारीको तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । प्रधानसेनापति शर्मा भन्छन्, “सन्तुलित ढङ्गबाट अघि बढाउन खोजेको सैनिक कूटनीति अभ्यासले राम्रो प्रतिफल दिएको छ, भविष्यमा पनि सेनाको क्षमता अभिवृद्धि र मुलुकको वैदेशिक नीतिमा नै टेवा पुर्‍याउन सक्नेमा आशावादी हुन सकिन्छ ।”

  • ##prabhuram_sharma

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑