चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ ।
भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको जनाइएको छ ।
भूकम्पपछि उद्धार कार्य जारी छ । सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ घर भत्किएका छन् । भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ ।
पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ ।
मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस